|
मूल्यवृद्धि विरुद्ध दोस्रो चरणको आन्दोलन सरकारले पेट्रोलियम पदार्थको मूल्यमा केही कटौती गरे पनि विद्यार्थीहरु सन्तुष्ट हुन सकेका छैनन् । आन्दोलनरत १३ विद्यार्थी संगठनले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।
|
|
सगरमाथाको उचाई ८८४८ मिटर नै सरकारले सगरमाथाको उचाई ८८४८ मिटर नै रहेको ठहर गर्दै चिनीया पक्षको ८ हजार ८ सय ४४ दशमलव ४३ मिटरको उचाई मान्न अस्वीकार गर्ने निर्णय गरेको छ ।
|
|
सिरहा एमालेद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका आफ्ना कार्यकर्तालाई छुटाउन र जिल्लामा आपराधिक गतिविधि निर्मूल गर्न माग गर्दै सातादेखि आन्दोलनरत् एमालेले दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।
|
|
माओवादीलाई दवाव दिने सहमति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत नेकपा माओवादीले एकपछि अर्को बहानामा आफ्ना कुरा लागु गराउन खोजेको र शान्ति प्रक्रियालाई पछि धकेलेको भन्दै अब थप दबाव दिनुपर्ने संयुक्त धारणा बनाएका छन् ।
|
|
सुशासनको कुरा हाँस्यास्पद : थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुशासन र भ्रष्टाचारको दलदलमा फसेको सरकारले सुशासनको कुरा गर्नु हाँस्यास्पद कदम भएको भन्दै सरकारले सुशासन र दीर्घकालीन योजना सार्वजनिक गरेर दुनियाँ हँसाएको टिप्पणी गर्नुभएको छ ।
|
|
प्रचण्ड पन्छिदै गएको आरोप आज बसेको संवैधानिक समितिको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड उपस्थित नभएपछि भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्न जिम्मेवारी पाएको संवैधानिक समितिको शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएको छ । समितिका सदस्यहरुले अध्यक्ष प्रचण्ड जिम्मेवारीबाट पन्छिदै गएको आरोप लगाएका छन् ।
|
|
स्वेच्छिक अवकास रोजेका लडाकुहरुको बिदाई प्रक्रिया थालिने वर्गीकरणका क्रममा स्वेच्छिक अवकासको विकल्प रोजेका माओवादी सेनाका लडाकुहरुको बिदाई प्रक्रिया तीन दिनभित्र सुरु गरिने भएको छ ।
|
|
अभिनेत्री सुशीला रायमाझीको निधन अभिनेत्री सुशीला रायमाझीको बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित रायमाझीको ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको उनका नातेदार तथा फिल्म निर्माता रमेशजंग रायमाझीले जानकारी दिए ।
|
|
मन्त्रिपरिषद्को निर्णयले प्रधानमन्त्री अप्ठ्यारोमा माओवादी पदाधिकारी बैठकले ‘जनसत्ता’को घरजग्गाबारे मन्त्रिपरिषद्ले गरेको निर्णय सही भएको भन्दै फिर्ता नगर्ने ठहर बिहीबार गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई निकै अप्ठ्यारोमा परेका छन् ।
|
|
कम्प्युटर प्रविधि अर्थात् इ–पाटीको माध्यमबाट पठनपाठन सुरु तनहुँको पोखरी भञ्ज्याङ गाविसस्थित सिद्धबेनी निम्न माध्यमिक विद्यालयमा कम्प्युटर प्रविधि अर्थात् इ–पाटीको माध्यमबाट पठनपाठन सुरु गरिएको छ।
|
|
पोखराको पृथ्वीनारायण क्याम्पसमा तोडफोड पृथ्वीनारायण क्याम्पस पोखराको प्रशासन भवन र स्ववियू भवनमा विद्यार्थीहरुले तोडफोड गरेका छन । क्याम्पस प्रशासनले एकतर्फी ढंगवाट २ दिन क्याम्पसमा पढाइ वन्द गरेपछि आक्रोसित विद्यार्थीहरुले क्याम्पस प्रसाशनमा तोडफोड गरेका छन।
|
|
पोखरामा फोटो प्रर्दशनी नेपाल पत्रकार महासंघ कास्कीको तथा फोटो पत्रकार क्लब काठमाण्डौको सयुत्त आयोजनामा आज देखि पोखराको सभागृहमा तिन दिने मेगा बैंक फोटो प्रर्दशनी सुरु भएको छ ।
|
|
सरकारको बिरुद्ध अधिराज्यभरका शिक्षक आन्दोलनमा नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्च पर्साको संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रममा नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पण्डितले शिक्षककर्मीहरुको पेशागत वृद्धि विकासको सम्बन्धमा भईपरि आएको पीर मार्कालाई प्रधानमन्त्री र शिक्षा मन्त्रीहरुलाई पटक पटक ध्यानाकर्षण गराउदा विगतका वर्षहरुमा भए गरेको समझौतालाई कार्यन्वयन नभएको कारण संयुक्त रुपमा आन्दोलनको कार्यक्रमहरु अधिराज्यभरि गर्ने भएको कुरा आज पत्रकार सम्मेलन कार्यक्रममा युनियन पर्साका अध्यक्ष पण्डितले बताउनु भयो ।
|
|
नेपाल जनता पार्टीको अधिकारिक मान्यता श्यामकिशोर शर्मालाई नेपाल जनता पार्टीका केन्द्रिय सह अध्यक्ष प्रभु प्रसाद गुप्ताले पार्टीलाई नाटकिय ढङ्गबाट षडयन्त्र गरी अप्रजातान्त्रिक शैलीबाट पार्टीको प्रथम महाधिवेशन गरी पार्टी कब्जा गर्नेहरुलाई निर्बाचन आयोगले तह लगाएको कुरा आज रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा सह अध्यक्ष गुप्ताले भण्डाफोर गर्नु भयो ।
|
|
काभ्रे सम्पर्क समितिको दोश्रो अधिवेशन सम्पन्न काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । जनवरी २३ तारिख सोमबार आन्सानमा सम्पन्न भएको उक्त अधिवेशनले पुन एक वर्षे कार्यकालका लागि यम श्रेष्ठलाई अध्यक्षमा चैन गरेको छ भने उपाध्यक्षमा पेमा लामा, गणेश तिमल्सिना, सचिवमा मनमहेश भूजेल, सह सचिवमा मिङ्मार लामा तथा कोषाध्यक्षमा सुवास लामा लाई चैन गरेको छ ।
|
|
दोलखाबासीले माथिल्लो तामाकोसीको संस्थापक शेयर लिने निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा दोलखा जिल्लाबासीले संस्थापक शेयर लिने भएका छन् । माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनी र जिल्ला विकास समितिले आयोजना गरेको शेयर सम्बन्धि सर्वपक्षिय अन्र्तक्रियामा जिल्लाबासीले संस्थापक शेयर लिने माग गरेका हुन् ।
|
|
दाङ बन्द तथा नेपाल बिद्युत प्राधिकरणमा तालाबन्दि नेपाल सरकारले हालैमात्र पेट्रोलियम पदार्थमा गरेको उच्च मूल्यबृद्धि एवं चर्को लोडसेडिङ्गको बिरुद्धमा माघ १७ गते दाङ्ग बन्द तथा नेपाल बिद्युत प्राधिकरण घोराही र तुलसीपुरमा तालाबन्दि गर्ने लगाएतका बिभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दे जिल्ल युवा संजाल दाङ्गको कार्यसमिति बैठक मंगलबार नारायणपुरमा सम्पन्न भएको छ ।
|
|
सरकारद्वुरा जनतमा राहत र विकाशका कार्ययोजना घोषणा सरकारले सुशासन र विकाससम्बन्धी दुई बेग्लाबेग्लै महत्वकांक्षी योजना आज सार्वजनिक गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले योजना आयोगको कार्यकक्षबाट शुसासन कार्ययोजना-२०६८ तथा आर्थिक विकास र सम्वृद्धिको तत्कालीन कार्ययोजना-२०६८ सार्वजनिक गर्नु भएको छ ।
|
|
सन्तानेश्वर महादेव विराटज्ञान महायज्ञ २०६८ हुने ललितपुर जिल्लाको झरुवारासी गाविस स्थित सन्तानेश्वर महादेव कैलाश पर्वतमा यही माघ १४ गते वसन्त पञ्चमीदेखि २४ गतेसम्म सन्तानेश्वर महादेव विराट ज्ञान महायज्ञ हुने भएको छ ।
|
|
मूल्य घटे पनि विद्यार्थी सन्तुष्ट भएनन् सरकारले पेट्रोलियम पदार्थको मूल्यमा केही कटौती गरे पनि आन्दोलनरत १३ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि पूर्ण रुपमा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन् ।
|
|
सद्भावना फेरि फुट्यो मधेशी जनताको हितका लागि समर्पित भएको भन्ने मधेशवादी दलहरु टुक्राटुक्रामा विभाजित हुने क्रम टुटेको छैन । यसै क्रममा आज नेपाल सद्भावना पार्टी विभाजित भएको छ । पार्टी अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतो भारत भ्रमणमा रहेका बेला पार्टी विभाजन भएको हो ।
|
|
सूचना प्रविधि मेलामा प्रधानमन्त्रीको प्रविधि प्रयोग राजधानीमा सुरु १८ औं क्यान इन्फोटेक अर्थात सूचना प्रविधि मेला सुरु भएको छ । सो मेलामा प्रधानमन्त्री डा बाबुराम भट्टराईले भिडियो मार्फत सन्देश दिनुभयो ।
|
|
माघ १५ देखि थप दुई घण्टा लोडसेडिङ समयमै आवश्यक मर्मैत सम्भार नगर्ने तर ऊर्जा संकट चर्किदै गएपछि आवश्यक मर्मत गर्नुपर्ने भन्दै विद्युत आयोजना बन्द गर्ने रबैयाले यसटक पनि निरन्तरता पाएको छ । आगामी १५ गतेदेखि मुलुमा थप २ घण्टा लोडसेडिङ हुने भएको छ ।
|
|
नेपालीको हितमा संविधान जारी नहुने खतरा : विजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाल र नेपाली जनताको हितका लागि नभएर विगतमा झैं अहिले पनि विदेशीहरुको हितमा संविधान जारी गर्न दबाब आइरहेको खुलासा गर्नुभएको छ ।
|
|
धेरै बढ्यो थोरै घट्यो पेट्रोलियम पदार्थमा अघिल्लो बुधबार गरेको मूल्यवृद्धिको सत्तारुढ दलकै भातृ संगठनहरु विरोधमा उत्रेपछि सरकार मूल्य घटाउन बाध्य भएको छ ।
|