अधिकारी र चालिसेले दिए स्वस्थ प्रतिस्पर्धाको नमूना, जिते सहयोग लिने हारे सहयोग गर्ने

17 November, 2017 23:21 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 27600 Views

चुनावी प्रचारका क्रममा एकले अर्कोलाई चर्को आलोचना र गाली गर्ने परिपाटी विपरीत कास्की क्षेत्र नं. २ का उम्मेदवार वाम गठबन्धनका रविन्द्र अधिकारी र नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसे एउटै ढुंगामा फेवाताल सयर गरेर स्वस्थ प्रतिस्पर्धाको नमूना दिए ।

फेवातालमा एपीवान टेलिभिजनका लागि आफनो उम्मेदबारी बारे जानकारी दिदै दुई नेता आमनेसामने हुँदै दुई उम्मेदवारले शुक्रबार एउटै डुंगामा बसेर निवाचनमा हारे सहयोग गर्ने र जिते सहयोग लिने बाचा समेत गरे ।

यति मात्र हैन दुवै उम्मेदवार एउटै डुंगाबाट फेवाताल सयर गर्दै पोखरा विकासबारे आफ्ना अवधारणा राखे । लगातार दुई संविधानसभा चुनावमा साविक कास्की ३ बाट बिजयीहुनु भएका रविन्द्र अधिकारी र संसदीय चुनावी मैदानमा नयाँ अनुहार काँग्रेसका उम्मेदवार देवराज चालिसेबीच बैचारिक छलफल समेत भयो ।

विद्यार्थी जीवनबाट नेपाली राजनीतिमा उदाएका हस्ती हुन् अधिकारी र चालिसे । अधिकारी भन्नुहुन्छ राजनीतिमा चालिसे जी मेरो गुरु हुनुहुन्छ । उहाँलाई म निकै सम्मान गर्छु हामी निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा गर्छौं । जनताले जसलाई रोज्छन् स्वीकार्न तयार छु ।

कुराकानीका क्रममा चालिसे “जनताको मतलाई कदर गर्दै जसका एजेण्डा मन पर्छ जनताले उसैलाई भोट हाल्ने हो जिते रविन्द्रजीको सहयोग लिन्छु, हारे रविन्द्रजीलाई सघाउँछु” भन्नुभयो ।

समृद्ध नेपाल निर्माणका लागि कुरा हैन, काम गर्नु पर्दछ : रविन्द्र अधिकारी (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै

फेसबुक

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै

ट्वीटर

सामाजिक सञ्जाल

More