“अनशन बस्दै माग पूरा गराउने हो भने गलत पद्धतिको विकास हुन्छ”

12 January, 2018 23:10 | राजनीति | comments | 118350 Views

प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा नआएसम्म अनशन बसिरहने र उनलाई बर्खास्त गरेर स्वतन्त्र छानबिन हुनुपर्ने अडानमा रहनुभएका डा.गोविन्द केसीको कदम गलत भएको भन्दै शुक्रबार नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्यो ।

महासचिव खम्मबहादुर खातीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै उहाँलाई अनशन फिर्ता लिन समेत माग गरिएको छ ।

adsads

विज्ञप्तिमा सक्षम, स्वतन्त्र, उत्तरदायी न्यायपालिका र न्यायाधीशप्रति वरिष्ठ चिकित्सक डा केसीले जनआस्था घटाउने काम गरेको भन्दै आफू अनुकूल फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुञ्जेलसम्म आमरण अनशन जारी राख्नेजस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने जटिलता देखिने मात्र नभई गलत प्रक्रिया र पद्धतिको विकास हुने तर्क गरिएको छ ।

तर, यो विज्ञप्ति कार्यसमितिका पदाधिकारीहरुको सल्लाहविना नै आएको बार उपाध्यक्ष उषा मल्ल पाठक बताउनुभयो । उहाँले ‘सल्लाहकार र कार्यसमितिको बैठक भनेर बजारभर होहल्ला भयो, कतिपय साथीहरु र मलाई नै कार्यसमितिबारे जानकारी छैन । सोझै विज्ञप्ति निकालिएको हुनुपर्छ ।’

उहाँ विज्ञप्तिमा हस्ताक्षर गर्नुभएका महासचिव खम्मबहादुर खातीले कुनै विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक नचाहिने बताउनुभयो ।

विज्ञप्तिमा त्यसैगरी, न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्याय परिषद्मा उजुरी गर्नुपर्ने, त्यसरी उजुरी परेमा परिषद्ले नै त्यस्तो मुद्दाको अध्ययन गर्नसक्ने र सोको प्रयोजनका लागि सम्बन्धित अदालतले माग गरेको कागजात वा फाइल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था रहेकोसमेत बारले ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गर्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै बारले डा केसीले जस्तोसुकै माग राखेर अनशन बस्नु उचित नभएको हुँदा तत्काल अनशन फिर्ता लिन आग्रह गरेको छ ।

सबै प्रकारको दबाब र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा न्यायपालिकाको गरिमा कायम राख्न सबैले आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

साथै, यस्ता कामको समर्थन गर्दै अगाडि बढ्ने हो भने गलत परिपाटीको विकास हुनेहुँदा बारले डा केसीलाई यस्ता खालका माग राखेर आमरण अनशन नबस्न आग्रह गरेको छ ।

आफुविरुद्ध अफवाह फैल्याउने काम भयो: प्रधानन्यायाधीश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More