अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको छैठौँ अधिबेशन सम्पन्न

13 September, 2017 14:22 | प्रबास | comments | 14550 Views

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार को छैठौँ अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशनको अवसरमा १५२ औं मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औं श्रृखला आयोजना गरिएको थियो ।अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थसंगम राईको सभापतित्वमा सम्पन्न अधिवेशनले श्यामराज रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष प्रेमप्रसाद भट्टाराई, द्वितिय उपाध्यक्ष सिताराम थापा, महासचिव मणि पौडेल, सचिव निराजन लुइटेल, कोषाध्यक्ष भोला थापा सह कोषाध्यक्ष हरि अधिकारी रहेका छन् । सदस्यहरु दीप मिलन, बिन्दा लामा, चक्र कार्की र सन्तोष अधिकारी छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेले प्रवासमा विकसीत भइरहेको नेपाली साहित्यलाई नेपालसँग जोड्न जरुरी रहेको बताए ।

कतारको नेपाली महिला समाजले नारी दिवसमा सांस्कृतिक कार्यक्रम गर्ने

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More