अन्तिम खेलमा नेपाल युएईसँग ६३ रनले पराजित

8 December, 2017 22:55 | खेल | comments | 27150 Views

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणको खेल खेल्न युएई पुगेको नेपाली टोलि शुक्रबार भएको अन्तिम खेलमा घरेलु टोलिसँग ६३ रनले पराजित भएको हो ।
शेख जायद क्रिकेट रंगशालामा युएईले दिएको १९६ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४२ ओभर २ बलमा अलआउट हुँदै १३२ रनमा समेटियो । बुधबार भएको पहिलो खेलमा पनि नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो ।
युएईले दिएको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै विनोद भण्डारीले २५, सागर पुन २१, आरिफ शेख १४ र शरद भेषवाकर १३ रनमा आउट हुँदा कप्तान पारस खड्का १० रनमा आउट भए । युएईका अम्जाद जाभादले ३ तथा मोहमद नाभिद,रोहन मुस्ताफा र इमरान हेइदरले समान २ – २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४९ ओभर २ बलमा अलआउट हुँदै १९५ रन बनाएको थियो । युएईका लागि युएईका एड्नन मुफ्ति शतक प्रहार गर्दै १०४ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।
युएईका लागि मोहमत बोटाले ३७ र अहमद राजाले १० रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । त्यस्तै, नेपालका लागि कप्तान पारस खड्का, सन्दिप लामिछाने, सागर पुन र ललित भण्डारीले समान १–१ विकेट लिए ।
योसँगै नेपालले च्याम्पियनसिपको सातौं स्थानमा रहेर सकाएको छ । च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी भने शिर्ष चारमा रहदै विश्वकप छनोटमा प्रवेश गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More