अपहरित जापानी नागरिकको समस्या समाधान गर्न आबेको माग

13 March, 2018 18:01 | जापान | comments | 79050 Views


आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम त्याग गर्नका लागि हुन लागेको उत्तर कोरियासंगको वार्तामा आफु सहभागी हुन चाहेको बताउँदै जापानी प्रधानमन्त्री शिन्जो आबेले दक्षिण कोरियाली प्रतिनिधिलाई विगतमा अपहरित भएका जापानी नागरिकको समस्या पनि समाधान हुनुपर्ने बताएका छन् ।

अपहरितको समस्या समाधान , आणविक तथा क्षेप्यास्त्र त्याग जापानको प्रमुख नीति रहेको आबेले दक्षिण कोरियाली इन्टेलिजेन्स प्रमुख सु हुनलाई टोकियोमा बताएका हुन् ।

adsads
उत्तर कोरियासंग अमेरिका र दक्षिण कोरियाको वार्ताको पुर्वसन्ध्यामा भएको भेटवार्तामा बोलीजस्तै उत्तर कोरिया कार्यमा पनि त्यस्तै देखिनुपर्ने आबेले बताए । वार्तामा अमेरिका र दक्षिण कोरियाले आणविक निशस्त्रीकरणलाई मात्र उल्लेख गर्ने चाहना देखाएमा जापानको अपहरित नागरिकबारेको अडानका कारण जापान, अमेरिका र दक्षिण कोरियाको सम्बन्ध चिसिने सम्भावना रहेको छ ।

१९७० र ८० को दशकमा जासुसहरुलाई तालिम दिनका लागि १३ जना जापानीलाई अपहरण गरेको उत्तर कोरियाले २००२ मा स्वीकार गर्दै उनीहरुमध्ये ५ जनालाई जापान फिर्ता गरिसकेको बताएको छ । तर जापानले भने सयाँ बढीलाई अपहरण गरिएको आशंका गरेको छ ।

उत्तर कोरियाको आणविक हतियारको अनुगमन गर्न जापानले ३० करोड येन प्रदान गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आर्डेन

फेसबुक

आर्डेन

ट्वीटर

सामाजिक सञ्जाल

More