अपांगता भएका पाँचजनालाई अमेरिकाबाट सहयोग

12 October, 2017 11:26 | प्रबास | comments | 3600 Views

मोरङको रतुवामाई– ८, इटहरास्थित तुलसीराम ढुंगानाका पाँचजना अपांगता भएका छोराछोरीका लागि अमेरिकामा रहेका नेपालीले रु ७५ हजार सहयोग गरेका छन् ।

बुधबार ढुंगानाको घरमै पुगेर मिक्लाजुङ गाउँपालिका–१ घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका सचिन राई, उहाँकी श्रीमती माला राई र छोरी आभा राईले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकाको न्यू ह्याम्प्सायरमा रहेका नेपालीकोतर्फबाट संकलन भएको रु ७५ हजारका साथै खाद्यान्न, लत्ताकपडासमेत उहाँहरुले सहयोग प्रदान गर्नुभएको छ । भिजन फाउण्डेशन नेपाल, उर्लाबारीको संयोजनमा उक्त सहयोग प्रदान गरिएको र आगामी दिनमा पनि सहयोग गर्ने सहयोगी सचिन राईले बताउनुभयो ।

तुलसीरामकी श्रीमती सिर्जना ढुंगानाले सहयोग लिँदै सहयोगी दाताप्रति आभार प्रकट गर्नुभएको थियो ।

चलचित्र ‘पञ्चायत’ : अमेरिकाको फिल्म फेस्टिभलमा प्रदर्शन हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More