अपार्टमेन्ट अपार्टमेन्ट

  • अपार्टमेन्ट
  • अपार्टमेन्ट

‘अपार्टमेन्ट’ मा आगलागी हुँदा नौको मृत्यु

23 November, 2017 20:11 | विश्व समाचार | comments | 19200 Views

अपार्टमेन्ट

उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी कम्तीमा पनि नौजनाको ज्यान गएको समाचार छ ।

यस आगलागीमा परी नौजना व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुईजना सामान्यरुपमा घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ । नौतले उक्त आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ । यसको कारणबारेमा प्रहरीले खोजी शुरु गरेको बताइएको छ ।

ताइपेई शहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी शुरु भएको थियो । यस अपार्टमेन्टमा प्रायः विदेशी कामदारहरुको बसोबास रहँदै आएको जनाइएको छ । सो अपार्टमेन्टमा बस्दै आएका एक ४९ वर्षीय विदेशीलाई आगलागी गराएको आशंकामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

किताक्युशु स्थित एक अपार्टमेन्टमा आगलागी, ६ जनाको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More