अप्रिल २९ मा शान्ति पदयात्रा हुने

24 April, 2018 14:53 | जापान | comments | 28800 Views

आउँदो २९ तारिखका दिन जापानको राजधानी टोकियोमा भगवान गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे प्रचार गर्न शान्ति पदयात्रा गरिने भएको छ ।

बिगतका बर्षहरूमा वि फर अल जापान र नेपाल जापान यूथ क्लबको संयुक्त आयोजनामा हुने गरेको यस कार्यक्रम यसपटक भने एनआरएनए जापानको आयोजनामा सम्पन्न हुँदैछ ।

ुशान्ती पद यात्राले बुद्धको जन्मस्थलबारेको जापानी नागरिकहरूमा रहेको भ्रमलाई चिर्न मद्दत पुग्ने एनआरएनए जापानका उपाध्यक्ष तथा शान्ती पदयात्राका संयोजक सरोज कुमार खत्रीले बताउनुभएको छ ।

अर्का संयोजक लेलिन भट्टचनले शान्ती पदयात्राले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिनुका साथै नेपालको पर्यटन प्रबर्दन समेत हुने समेत विश्वास व्यक्त गर्नुभयो ।

गतवर्ष सम्म टोकियोको सिबुया मियाशिता पार्कमा आयोजना भएको शान्ती पदयात्रा यस पटक भने टोकियोको मुटु मानिने सिन्जुकु चोउ पार्क बाट सुरु हुनेछ ।

बिहान १०ः३० बजे पार्कमा भेला भर्इ ११ बजेबाट गरिने शान्ती पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश बोकेका प्लेकार्ड,ब्यानर सहित शान्तीपूर्ण ढंगले यात्रा गरिने आयोजकले जनाएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!