अफगानिस्तानको काबुल स्टेडियममा आक्रमण

14 September, 2017 01:17 | विश्व समाचार | comments | 6000 Views


अफगानिस्तानको काबुल स्टेडियम बाहिर आतंकवादीहरूले आत्मघाती आक्रमण गरेका छन् । समाचार संस्था एएनआईका अनुसार उक्त आक्रमणमा दुई जना मारिएका छन् । तर खेलाडीहरू चाहिँ सबै सुरक्षित रहेको बताईएको छ । आक्रमणकारीहरूले स्टेडियमबाहिर एउटा चेक प्वाइन्टमा बमबारी गरेका छन् ।

अफगानिस्तानको समाचार च्यानल टोलो न्यूजका अनुसार उक्त आक्रमण बुधबार साँझ भएको थियो । ‘शागीजा टी–२०’ लिग म्याचका क्रममा चेक प्वाइन्टमा आक्रमण गरिएको थियो । यसमा एक जना सुरक्षाकर्मी र एक जना सर्वसाधारणको मृत्यु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More