सहयोग सहयोग

  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग

अफगानिस्तानमा बम आक्रमणमा परी ज्यान गुमाएका मृतकका परिवारलाई सहयोग प्रदान

10 January, 2018 15:35 | एन आर एन न्युज | comments | 143250 Views

सहयोग

गत वर्ष अफगानिस्तानको काबुल स्थित क्यानेडियाली दूतावस नजिकै तालिवानको आक्रमणमा परी ज्यान गुमाएका १३ जना नेपाली सुरक्षा गार्डहरुमध्ये ११ जना मृतकका परिवारलाई गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसी जनही रु १ लाखको चेक सहयोग गर्नु भएको छ ।

गत २० जुन २०१६ का दिन तालिवानको आक्रमणमा परी १३ जना नेपाली सुरक्षा गार्डहरुले ज्यान गुमाएका थिए ।

adsads
सो कार्यक्रममा संघका महासचिव डा बद्री केसीले सर्वप्रथमतः मृतकका परिवारहरु समक्ष समवेदना प्रकट गर्दै विदेशमा रहेका नेपालीहरुले संकलन गरेर सहयोग स्वरुप पठाएको रकम सदभाव स्वरुप हस्तान्तरण गरिएको बताउनु भयो ।

उहाँले बाँकी रहनु भएका २ जनाको सहयोग रकम सचिवालयमा रहेको र उहाँहरु आवश्यक कागजात लिई सचिवालय आएमा सो रकम हस्तान्तरण गरिने बताउनु भयो ।कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष भवन भट्टले त्यस विभत्स घटनामा दिवगंत भएका गैरआवासीय नेपालीहरुका परिवारहरु समक्ष हार्दिक समवेदना प्रकट गर्दै सहयोग रकम लिन आउनु भएकोमा हार्दिक आभार प्रकट गर्नु भयो । उहाँले यस संघ वैदेशिक रोजगारमा गएका नेपालीहरुको सुख दुःखमा जहिले पनि संगसंगै रहेको र भविष्यमा पनि उहाँहरुको हकहितमा कार्यरत रहने बताउनु भयो । यसका साथै उहाँले नेपालको समृद्धिमा हातेमालो गर्न पनि आह्वान गर्नु भयो ।

सहयोग

यस कार्यक्रममा रसियाबाट प्रतिनिधि गर्नु हुने आईसिसि सदस्य डा. एकनारायण चापागाई, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकाल र सचिवालयको सहभागीता रहेको थियो ।

के भन्छन् १२ शवसंगै काबुलबाट फर्केका नेपाली?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सहयोग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More