अफगानिस्तानमा हक्वानी नेटवर्कका २६ र तालिवानका ८ जना लडाकू मारिए

17 October, 2017 20:15 | विश्व समाचार | comments | 9300 Views

अफगानिस्तान

अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन् ।

उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो । सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका ती लडाकूहरुबीच भिडन्त पनि भएको थियो । उक्त भिडन्तमा परी अरु केही लडाकू पनि घाइते पनि भएका छन् ।

सो भिडन्तमा परी मारिएका २६ जनाको शव भेटिएको र घाइते भएका ७ जनालाई अफगान सेनाले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जनाइएको छ । सो जानकारी खोस्टका गभर्नरले दिनुभएको हो । खोस्टमा मङ्गलबार बिहान पनि भिडन्त जारी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उता अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठ जना तालिवान र इस्लामिक स्टेट्स (आइएस) आबद्ध लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको छ ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा मारिनेमा केही तालिवान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । अफगान सरकारी सुरक्षा बलले गरेको यस कारबाहीमा उक्त क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो ।

त्यस क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ ।

अफगानिस्तानमा ६१ जना तालिवान लडाकू मारिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More