अफगानिस्तान अफगानिस्तान

  • अफगानिस्तान
  • अफगानिस्तान

अफगानी सेनाको आक्रमणमा ४३ लडाकूको मृत्यु

13 February, 2018 21:28 | विश्व समाचार | comments | 12900 Views

अफगानिस्तान

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सोमबार राति भएको हवाई आक्रमणमा ४३ तालिवानी लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले मंगलबार बताएका छन् ।

घटनामा कम्तिमा २० जना अन्य लडाकू घाइते भएका बताइएको छ । तालीवान लडाकूले अफगानी सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण शुरु गरेपछि अफगानी राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध प्रान्तको नेस जिल्लामा आक्रमण शुरु गरेको सैनिक जनरल अब्दुल राजिकले सिन्ह्वा न्यूज एजेन्सीलाई बताए ।

सेनाले हवाई आक्रमण शुरु गरेपछि कैयौँ तालिवानी लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ ।

घटनास्थलबाट तालिवान समूहले प्रयोग गर्दै आएका कैयौँ गाडी तथा वन्दोवस्तीका सामान तथा ठूलो पैमानामा विस्पोटक पदार्थ नियन्त्रणमा लिई नस्ट गरेको प्रहरीले बताएको छ ।

सेनाले दिएको जानकारी अनुसार विद्रोहीसँगको झडपमा सेना, प्रहरी तथा अन्य सरकारी अधिकारी कसैलाई पनि असर परेको छैन । तालिवानी समूहबाट घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More