अब उपचारमा लापरवाही गर्ने डाक्टरलाई पाँच वर्षदेखि जन्मकैदसम्म हुनसक्ने

10 August, 2018 18:02 | जन सरोकार | comments | 7050 Views

बिरामीको उपचारमा डाक्टरहरुको लापरवाहीका कारण बिरामीको मृत्यु भएका अनेक घटना सार्वजनिकन हुने गरेका छन् । यस्तो स्थितिले अस्पताल तनावग्रस्त समेत हुने गरेको छ ।

adsads

अब भने बिरामीको उपचारमा लापरवाहीले बिरामीको मृत्यु भएमा उपचार गर्ने डाक्टरलाई पाँच वर्षदेखि जन्मकैदसम्म हुनेछ । भदौ १ गतेदेखि लागू हुने नयाँ मुलुकी संहिताले सो व्यवस्था गरेको हो ।

उपचारका क्रममा अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । अस्पताल प्रशासन र पीडितका आफन्तबीच नै सहमति हुने गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ ।

यदि डाक्टरको लापरवाहीले कसैको ज्यान मारेर वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

ऐनको दफा २३१ मा बदनियत चिताई ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको गर्नु, ज्यान मर्छ भन्ने जानी जानी औषधी खुवाउनु वा सिफारिस गर्नु, एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु, त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट अलग गर्ने काम गर्नु जस्ता कार्यलाई ज्यान मारेसरह मानिएको छ ।

यस्तो कसुरबाट ज्यान मरेमा ज्यान मारेसरह अर्थात जन्मकैदसम्म र अंगभंग भएमा अंगभंग गराए सरह अर्थात १० वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

यसै गरी मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ ।

विवाह, दाइजो र सम्बन्ध विच्छेदमा नयाँ व्यवस्था, २० वर्षअघि विवाह गरे सजाय

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More