अब एमालेको बहुमत सुनिश्चित पूर्वमन्त्री गुरुङ

17 March, 2017 10:42 | जापान

prithivi-japan

सचिन आचार्य, फुकुओका- नेकपा एमालेका केन्द्रिय सचिव तथा पूर्व पर्यटनमन्त्री पृथ्वी सुब्बा गरुङले स्थानीय तहको निर्वाचनमा एमालेको सानदार जित हुने बताएका छन् ।

जनताले एमालेको गतिविधिमा राष्ट्रियता झल्केको महशुस गरिसकेका छन् त्यसैले अवको जस्तो सुकै निर्वाचनमा पनी एमालेको बहुमत आउने उनको भनाई थियो ।

प्रवासी नेपाली मंच क्युस्यु जापानले आयोजना गरेको स्थानीय तहको निवार्चनमा प्रवासी नेपालीको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सो कुरा बताएका हुन् ।

एमालेको संगठन विभाग प्रमुख समेत रहेका गुरुङले अवको निर्वाचनमा विदेशमा बस्ने नेपालीले समेत आफनो मत हाल्ने अधिकार पाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रमा प्रवासी नेपाली मन्च जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले हाम्रो नभई राम्रो काम एमालेबाटै भएकाले जनताको भरोसा मनोबल उच्च राख्न एमालेसधै तयार रहनु पर्नेमा जोड दिए ।

कार्यक्रमा प्रवासी नेपाली मंच क्युस्युका अध्यक्ष भद्र अधिकारी, सचिव पुरुषोत्तम सिग्देलले आफनो भनाई राखेका थिए ।

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More