अब, कक्षा ११ को परीक्षा स्कुलले नै लिने

22 November, 2017 20:54 | जन सरोकार | comments | 16500 Views

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने अधिकार स्कुललाई दिने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय तहलाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी पनि स्कुललाई नै दिने तयारी गरिरहेको जनाए ।

कक्षा १२ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुने उनले जानकारी दिए । कक्षा ११ को परीक्षा व्यवस्थापन गर्न स्कुलका प्रधानाध्यापकहरुसँग बोर्डले छलफल गरिरहेको छ । परीक्षाको निर्देशिकाअनुसार प्रश्नपत्र तयारी र सोही अनुसार मोडल बनाएर अभिमूखिकरण गर्ने तयारी बोर्डले गरिरहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय परीक्षा बोर्ड नेतृत्वविहीन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More