अब जथाभावी बाटो काटे कारबाही स्वरुप दुई घण्टा प्रशिक्षण

15 July, 2018 14:19 | जन सरोकार | comments | 16200 Views

जथाभावी बाटो काट्दा दुर्घटना बढेको भनेर अघिल्लो वर्ष सरकारले जथाभावी बाटो काट्नेलाई ठाउँको ठाउँ जरिवाना गर्ने नीति ल्याए पनि त्यो असफल भयो । अब त्यसलाई ट्राफिक प्रहरीले अझ कडाई गर्दै लागू गर्ने भएको छ ।

adsads

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको छ ।
अब जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको स्थानबाट बाटो काटेमा ट्राफिक प्रहरीबाट बाटो कसरी काट्ने भन्ने विषयमा प्रशिक्षण लिनु पर्नेछ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ ।

उहाँका अनुसार त्यस किसिमका प्रशिक्षण दिनमा दुई पटक हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पन्तले जानकारी दिनुभएको छ ।

महाशाखाका अनुसार हाल काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क लगायतमा आकाशे पुल छन् ।

ट्राफिकले प्रशिक्षण दिनका लागि १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा एकएक जना जुनियर अधिकृतलाई खटाउने भएको छ । जस अनुसार ठिमीमा प्रहरी निरीक्षक जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटानी, पुरानो बसपार्कमा बाबुकाजी गिरी र केशरमहलमा गोकर्ण नेपालको नेतृत्वमा प्रशिक्षण हुनेछ ।

त्यस्तै, सिंहदरबार क्षेत्रमा बेनप्रसाद श्रेष्ठ, गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजकुमार न्यौपाने, कालिमाटीमा प्रतित सिंह राठौर र जावलाखेलमा सिताराम हाछेथुले प्रशिक्षण दिने महाशाखाले जनाएको छ ।

पहिलो दिन जथाभावी बाटो काट्ने चौध सय ४३ जना कारबाहीमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More