Thursday 27, April 2017
नेपाली समय: 11:01:06
जापानी समय: 02:16:06

अब जापानका महिलाहरुले पनि लडाईमा प्रत्यक्ष भाग लिने

19 April, 2017

%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8

जापानको आत्म रक्षा बलमा महिलाहरुको पनि सहाभागिता हुने भएको छ । महिलाहरुले अब देखि गस्ति गर्नुका साथै सम्भावित खतरमा शत्रुहरुसंग प्रत्यक्ष रुपमा लडाईमा भाग लिने भएका छन् ।

अन्य देशका तुलनामा जापानमा महिलाकर्मीहरुको संख्या निकै कम भएकाले महिलाहरुलाई बढि सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नका लागि आत्मा रक्षा बलले थरि थरिको लक्ष्यको निर्बाह गर्ने बताइएको छ ।

यस पहल प्रधानमन्त्री शिन्जो आवेको सरकारको पहिलाहरु पनि हरेक कुरामा सक्षम हुन्छन् भन्ने प्रयासको हो । जहाँ जन्मदर घटेको र उमेर बढ्नेको अवधिको बिचमा समाजमा महिलाको सहभागितालाई बढुवा दिईरहेको छ ।

यस अघि जापानमा महिलाहरुलाई सिधा लडाई गर्ने , लडाई गर्नेलाई सहायता गर्न र अन्य शाररिक रुपमा चुनौतीपूर्ण काम गर्न सक्ने पद दिएको थिएन ।

सन् १९९३ मा यो प्रतिबन्द हटाइयो र बिस्तारै बाँकी बाधाहरु हटाउनका साथै समुन्द्री आत्मरक्षा बलका जंगी जहाज र हवाई आत्मरक्षा बलका लडाकुमा बाधा हटाइ सेवा पुर्याउन सुरु गरियाे ।

नवीनतम परिवर्तन संग मन्त्रालयले जमिन, हवाई र जहाज आत्मरक्षा बलको मातृ सुरक्षा उद्देश्यका लागि प्रतिबन्धित काम बाहेक सबै पदमा महिलालाई सक्षम भएका कारणले यो कदम अघि सारिएको हो ।

मन्त्रालयले आत्म रक्षा बलमा महिलाकर्मीको अनुपात दोब्बर गरेर १२ प्रतिशत पुर्याउने योजना बनाएको छ । गत डिसेम्बर को अन्त्यको तथ्यांक अनुसार महिलाकर्मीको संख्या १३९८९ अर्थात् ६.१५ प्रतिशत पुगेको पाईएको छ ।-अादर्श देवकाेटा


जापानमा किन यति धेरै लोकप्रिय छ भेन्डिङ्ग मेसिन


Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo