युएई युएई

  • युएई
  • युएई

अब युएई जान चारित्रिक प्रमाणपत्र अनिवार्य चाहिने

7 February, 2018 16:18 | प्रबास | comments | 23100 Views

युएई

संयुक्त अरब इमिरेट्स (युएई)मा यही फेब्रुअरी ४ २०१८ देखि विदेशी कामदारका लागि नयाँ नियम लागू गरेको छ ।

त्यहाँको सरकारले फेब्रुअरी ४ देखि लागु हुने गरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनु पर्ने नियम लागु गरेको हो । रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाएको हो ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेको युएईमा अब त्यहाँ जान चाहने नेपालीरूले चारित्रिक प्रमाणपत्र अनिवार्य बनाउनुपर्ने र त्यस्तो प्रमाणपत्र प्रहरी प्रधान कार्यालय नक्सालबाट बनाउन सक्ने छन् ।

नेपाली दूताबास यूइएइले एक विज्ञप्ति जारी गरी चारित्रिक प्रमाणपत्र लिइसके पश्चात कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित युएर्इ राजदूतावासबाट प्रमाणिकरण गरी युएइको सम्वन्धित निकायमा बुझाउन पर्नेछ ।

पछिल्लो पाँच वर्षमा नेपाल बाहेकको मुलुकहरुमा बसोबास गरेको भए ती मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्षभन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायले यस्तो प्रमाणपत्र उपल्ध गराउने जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो अवधि भन्दा कम सय युएईमै रहेका नेपालीहरुले आफ्ना नातेदार मार्फत माग भएबमोजिमका कागजपत्र उपलब्ध गराएर नजिकको प्रहरी प्रधान कार्यालय वा अपराध अनुसन्धान विभागको चालचलन शाखा नक्सालबाट प्रमाण पत्र लिन सक्नेछन् ।

साउदी अरब र युएईमा पनि मजदुरले कर तिर्नैपर्नेः नेपाली प्रत्यक्ष मारमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More