अभिनयमा जम्दै प्रकृति

19 March, 2017 20:03 | कला/मनोरन्जन , कलिउड | comments | 73800 Views

शुशिल, सुन्दर, शान्त स्वभाब कि प्रकृति जस्तै राम्री हिमालयन क्षेत्रमा बसोबास गर्ने थकाली समाजको झल्को दिने एक प्रतिनिधि चेली हुन् मोडल प्रकृति तुलाचन ।

prakriti

रत्ननगर १३ जयमंङ्गला स्थाई निवासी प्रकृति तुलाचन पछिल्लो समयमा आधादर्जन जति म्यूजिक भिडीयोहरुमा अभिनय गरी सकेकी छिन् । मिस प्लस टु नेपाल सेशन दुई २०७१ मा सफल मोडलको दर्जाबाट सम्मानित भई सकेकी उनी म्यानेजमेन्ट विषयमा ब्याचलर दोस्रो बर्षमा हाल काठमाडौंमा अध्यायनरत छिन् ।

जनजाति परिवारमा हुर्केर काठमाडौं बाट उच्च शिक्षा हासिल गर्न लागी परेकी उनी फुसर्दंको समयमा पत्रपत्रिका पढ्ने, अनलाईन फोटो भिडीयो पोष्ट गर्ने प्रवृतिकी छिन् विभिन्न नाटक तथा नृत्यहरुको पनि तालिममा व्यस्थ रहेकी प्रकृति तुलाचन हाल काठमाडौँ स्वयम्भुमा बस्छिन ।

विभिन्न र र्याम्प शो, साँकृतिक डान्स, फोटो सेसन, चित्रकला, अभिनय, आदिमा आबध्व रही काम गरी रहेकी ५ फिट ५ ईन्च अग्ली २० वर्षिया प्रकृतिको थकाली गित, रुपकि रानी बोलको आधुनिक गित, विकज आईलव यू बोलको अंग्रेजी गीत निकै चर्चामा रहेका छन् ।

उनलाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनि राम्रौ साथ मिलेको बताउँछिन् । आफु केही नेपाली जनजाति गीतको म्यूजिक भिडीयो र सानो बजेटको युट्युब सट मुभिमा ब्यस्त रहेको र चाडैनै बन्न लागेको नेपाली कथानक चलचित्रको म्यानेजमेण्ट टिममा रहेर काम गर्न लागेको हामीलाई बताईन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!