अमेरिकाबाट डा केसीको भ्रष्टाचार विरोधी अभियानमा ऐक्यवद्धता
प्रधानन्यायाधीश गोपाल पराजुलीको विरुद्धमा अभिव्यक्ति दिए पछि पक्राउ परेका अभियन्ता डाक्टर गोबिन्द केसीको अभियानमा भ्रष्टाचार विरुद्ध बिभिन्न अभियानहरु चलाउदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि ऐक्यवद्धता जनाएको छ ।
अमेरिकामा रहेर पनि नेपालको भ्रष्टाचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले सोमबार एक विज्ञप्ती जारी गर्दै डाक्टर केसीलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ ।
फाउण्डेशनले जारी गरेको विज्ञप्ती अनुसार अदालतप्रति आफुहरुको पनि उच्च सम्मान रहेको र हरेक नागरिकले अदालतको सम्मान गर्नु उसको दायित्व भएको भए पनि जब कोहि व्यक्तिले अदालतमा रहेर खराब कार्य गर्न खोज्दछ भने उस प्रति औंला ठड्याउनु पनि सचेत नागरिकको दायित्व भएको समेत जनाइएको छ ।
भ्रष्टाचार गर्ने या भ्रष्टाचारीलाई सहयोग गर्न खोज्ने व्यक्ति कसैको पनि नहुने मान्यता बोकेर अगाडि बढेको संस्थाले न्यायलय वा प्रशासनिक क्षेत्र जहाँ भए पनि नागरिकले खबरदारी गर्दैमा आत्तिएर उसलाई थुन्न खोज्नु भन्दा पनि जनहितका लागि काम गर्ने हुनु पर्ने जनाइएको छ । नेपालमा लाखौं मुद्धाहरु लाईनमा भएको बेला गोबिन्द केसीको मुद्धा भने नाटकिय रुपमा अगाडि बढाईएकोमा पनि फाउण्डेशनले आश्चर्य प्रकट समेत गरेको छ ।
फाउण्डेशनले नेपालको भ्रष्टाचार अन्त्यका लागि हरेक बर्ष भ्रष्टाचार विरुद्ध उत्कृष्ट कलम चलाउने पत्रकार, साहित्यकार र राष्ट्रसेवकहरुलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आएको छ ।फाउण्डेशनले भ्रष्टाचार विरुद्ध अभियानका लागि गितहरु समेत निकाल्दै आएको छ ।
पक्राउ पर्दा डा. केसीले भने, ‘आदेश मान्दिनँ, प्रधानन्यायाधीशविरुद्ध लड्छु’
तपाईंको प्रतिकृया
ताजा समाचार
- गायक टंक बुढाथोकीको नयाँ गीत “अल्लारे जोवनमा” सार्वजनिक(भिडियो सहित)
- अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल
- युगान्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति
- बैंगलोरलाई हराउदै चेन्नई आइपिएलको शीर्ष स्थानमा
- एमाले सांसद नविना लामाको विवाह आज
- प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने
- च्याम्पियन्स लिग : रियलद्वारा बायर्न २-१ ले पराजित (हाईलाइट्स भिडियो)
- विवादका कारण केएफडब्लू पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट बाहिरियो
- जोर्डनमा बलात्कृत भएर फर्किएकी धनमायाको सहारा बन्यो सहारा
- भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे रु ५० हजार फिर्ता गर्नुपर्ने
- सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी
- बाबु हुनु त यस्तो…
- झापामा औलो रोगी घटे
- जबर्जस्ती करणीको फैसला उल्टियो
- गायक टंक बुढाथोकी को नया गीत “अल्लारे जोवनमा…” सार्वजनिक
- आगलागीबाट तीन घर नष्ट
- संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह
- सुन तस्करीको जालो : सातामा डेढसय किलो तस्करी, एक चिनियाँ नागरिक पक्राउ
- पोलिटेक्निकका लागि निःशुल्क ७० रोपनी जग्गा
- पृथक रहने नाममा अन्तर्राष्ट्रिय सहभागिता नत्याग्न माक्रोंको ट्रम्पलाई आग्रह
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


