अमेरिकाबाट शहीदको परिवारलाई सहयोग

18 October, 2017 10:36 | प्रबास | comments | 10350 Views

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा शहीद भएका आनन्द साहका परिवारलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।

मधेशी इञ्जिनियर्स स्टुडेन्ट यूनियन (मेसु) को समन्वयमा मलेठ घटनाका शहीद परिवार सप्तरीको कृष्णसवरण गाउँपालिका निवासी स्व आनन्द साहकी पत्नीलाई रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको मेसुका अध्यक्ष ई सञ्जीवनारायण यादवले बताउनुभयो ।

गतसाता सोही संस्थाले मलेठ घटनाका अन्य शहीद सञ्जन मेहता, पीताम्बर मण्डल, इनर यादव, वीरेन्द्र मेहताका परिवारजनलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको थियो ।

गैर आवासीय नेपालीको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More