भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

  • भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक
  • भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

अमेरिकामा नेपाली मूलका कार्कीलाई अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

20 November, 2017 14:35 | प्रबास | comments | 20550 Views

भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

विजय थापा ,वाशिंगटन डिसी – नेपाली मूलका एक मात्र तथा प्रथम भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेका छन् l

नेपालको रुपन्देही स्थाइ घर भई हाल डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका कार्की नोभेम्बर १८ तारिख प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए l विमानस्थल अवतरण गर्ने बित्तिकै सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर आएको छु र नेपाललाई बिश्वमा चिनाउने मेरो प्रयास हुने कार्कीले भनेका थिए l

उनी आफ्नो उमेर र वजनको तौल समूहमा प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक प्राप्त गरेका छन् l उनले कुल १४ सय पाउन्ड उठाई स्वर्ण पदक प्राप्त गरेका हुन् l

उनलाई गत नोभेम्बर १६ तारिख बिहिबार डिसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले उनलाई आमन्त्रण गरि शुभकामना दिएका थिए l छोटो समयमा गरिएको शुभकामना तथा बधाई कार्यक्रममा उनले आफूले नेपालको नाम राख्न सक्दो प्रयास गरेको बताएका थिए l

उनले डिसीमा आफ्नो कुरा राख्दै कम्तिमा पनि १३ सय पाउण्ड उठाएका मात्र प्रतियोगितामा भाग लिन पाउने भएकोले आफु ले त्यो भन्दा ज्यादा उठाएकोले आफू सहभागी हुन् पाएको बताएका थिए l

उनले डिसीमा हालको स्थिति हेर्दा आफूले १४ सय पाउण्ड उचालेको छु भन्दै खेल हो र आफूले यतिनै उचाले भने राम्रो नतिजा आउने पनि हुन सक्ने बताएका थिए l

उनले थप जानकारी दिंदै हाल सम्म उनको उमेर र वजनमा १३ सय ८० पाउण्ड उठाएको मात्र उनले जानकारी गराएका थिए l उनी २ सय २० पाउण्डको वजनबाट प्रतियोगितामा सहभागी हुँदैछन् l उनी शरीर बनाउन कुनै ओखति नखाएका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिएका भारत्तोलक खेलाडी हुन् l

नेपाली समुदायमा अमेरिकाको अहिले सम्मको ईतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र तथा प्रथम खेलाडी रहेका छन् l नोभेम्बर १८ र १९ तारिख जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगीतामा उनलाई उक्त पदक प्राप्त भएको हो l

भारत्तोलनको यो उच्चस्तरिय प्रतिस्पर्धा मध्येको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानिय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाई स्वर्ण पदक/ रजत पदक हासिल गरि सकेका छन् l

भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

उनले शुरुका दिनहरुमा निराशा रहनु परेता पनि कहिले हरेश खाएनन् । आत्मविश्वास र नियमित निरन्तर अभ्यासले नै आफूलाई यो स्तरको सफलता दिलाएको बताएका छन् l

एसियन खेलमा सहभागि नेपाली खेलाडीको भारत्तोलनमा नयाँ रेकर्ड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More