अमेरिकाले नाकावन्दी हटाएकोमा स्वागत

19 October, 2017 20:35 | विश्व समाचार | comments | 9750 Views

इजिप्ट

अमेरिकाले सुडानमाथि लगाउदै आएको नाकाबन्दी हटाएको जानकारी दिएको छ । उसले गएको विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी गत हप्ता हटाएको थियो ।

विगतका बर्षहरुमा मानवअधिकार हनन्का कैयौँ घटनामा सुडान संलग्न रहेको आरोप अमेरिकाको थियो । सोही कारण अमेरिकाले सुडानमाथि नाकाबन्दी लगाएको थियो ।

पछिल्ला बर्षहरुमा सुडानले मानवअधिकार तथा अन्य नागरिक अधिकारका क्षेत्रमा सुधार गर्दै आएकोले सो नाकाबन्दी हटाइएको अमेरिकाले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

यसैबीच उक्त निर्णयको विश्वका विभिन्न देशले स्वागत गरेका छन् । सो निर्णयको इजिप्टले पनि स्वागत गरेको छ । इजिप्टको विदेशमन्त्रालयले विज्ञप्ति जारीगर्दै गत हप्ता गरेको उक्त निर्णयको प्रशंसा गरेको छ ।

विश्वका कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टले सो विज्ञप्तिमा भनेको छ ।

सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकावन्दीको विरोध गर्दै आएको थियो ।

चीनद्धारा दक्षिण सुडानलाई १५ सय टन चामल प्रदान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More