अमेरिकी र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता अमेरिकी र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता

  • अमेरिकी र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता
  • अमेरिकी र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता

अमेरिकी र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता हुने

12 August, 2017 19:21 | विश्व समाचार | comments | 27300 Views

अमेरिकी र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आफ्ना चिनियाँ समकक्षी सि जिनपिङबीच शुक्रबार फोनवार्ता हुने बताउनु भएको छ ।

उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता हुने बताएको छ । राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन संयुक्त राष्ट्र संघका राजदूत निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले सम्वाददाताहरुलाई सिसँग शुक्रबार राती टेलिफोन वार्ता हुने बताउनु भएको थियो ।

हामी चीन र अन्य देशहरुसँग निकै नजिक भएर सहकार्य गरिरहेका छौ’ ट्रम्पले बताउनु भएको छ । चीन परम्परागत रुपबाट नै उत्तर कोरियासँग आवद्ध र एक आपसमा असल मित्रको रुपमा रहदै आएको देश हो । तर गत हप्ता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाका नेता किम जोङ उनको सत्ताविरुद्ध शृखलाबद्ध रुपमा लगाएको प्रतिबन्धमा भने चीनले मतदान गरेको थियो ।

अमेरिका र उत्तर कोरियाका बीचमा बढ्दै गईरहेको द्धन्द्ध न्युनिकरण गर्ने वा बढाउने भन्ने विषयमा चीनको ठूलो भूमिका हुने भएकाले अमेरिकाले चीनसँग कुरा गर्न लागेको हुन सक्ने बताइएको छ । अमेरिका र उत्तर कोरियाले केही हप्तादेखि एक अर्कालाई अक्रमणको चेतावनी र चुनौती दिदै आइरहेका छन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ् शुआङ दुई पक्षलाई आफ्ना बोली र व्यवहारमा संबेदनशिल र नियन्त्रित हुन आह्वान गर्नुभएको थियो । उहाँले एक आपसमा बढ्दै गईरहेको तनाव कम गर्न आग्रह पनि गर्नुभएको थियो ।

उहाँले थप्नुभयो, “आशा गरौं, प्रेम र शान्तिको बाटोबाट समस्याको समाधान गर्ने तर्फ सवै लाग्ने छन्, त्यही नै म भन्न सक्छु । ” “आशा गरेजस्तै हुनेछ, जे हुन्छ त्यो हामीले देख्न पाउने छौं,” उहाँले भन्नुभयो । यसैबीच प्राप्त भएको एक समाचार अनुसार अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ । चिनियाँ राष्ट्रपति सीले कोरियाको विषयमा वार्ताको मार्फत नै राजनितिक समाधान खोज्नु पर्नेमा जोड दिनु भएको छ ।

चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More