अमेरीकाका घरबाहर बिहिनलाई नेपालीले खाना खुवाए

1 July, 2015 10:15 | प्रबास | comments | 20700 Views
अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले बिश्व कै धनि राष्ट्र अमेरिकाको टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत जुन २७ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ l
 
uk 1
बिगत भन्दा हाल घरबाहर बिहिन मानिसहरु वृद्धि हुदै गएको जानकारी संस्थापक देवी आचार्यले गराए l यसपाली करिब ५०० जना जति घर बाहर बिहिनलाई खानामा स्वास्थ्य तथा स्वादिस्ट कुखुराको मासु ,गेडागुडी ,भात तथा सलाद आदि खुवाएको जनाएको छ lयसको खर्च कम्तिमा १ हजार ५ सय डलर लाग्ने भएकोले अर्थ सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको संस्थाले बताएको छ l
 
खाना खुवाउने अतिरिक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन्l
 
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More