अर्याल अर्याल

  • अर्याल
  • अर्याल
  • अर्याल
  • अर्याल
  • अर्याल
  • अर्याल

अर्याल भन्छन : जापानमा नेपालको मान प्रतिष्ठा बचाईदिनुस (भिडियो)

9 August, 2018 13:54 | जापान | comments | 13650 Views

अर्याल

नेपाली राजदूतावास र नेपाल फेस्टिवलका बारेमा

म जापान दुई वर्ष अघि पुग्दा त्यससमयमा मैले विभिन्न संघ संस्थाहरुलाई भेट गरेर एउटा भिन्न समूह बनाएर विभिन्न समूह र क्षेत्रका विभिन्न नेपालीहरुलाई भेटेर विविध कार्यको विषयमा कुराकरानी गरेर आफ्नो कार्यभार सुरु गरे । त्यस अवसरमा नेपाली राजदूतावासको काम कारवाही ठिक तरिकाले संचालन भएको जस्तो मलाई लागेन ।

adsads

त्यसैले मैले जापानमा हुने नेपाल फेस्टिवलको विषयमा कुरा उठाए । मैले फेस्टिवल कसको लागि गर्छौँ, के यो नेपाली आउन र नेपालीहरुको लागि मात्र हो र नेपाललाई चिनाउनलाई र प्रचार गर्न गरेको भनेर यस विषयमा कुरा राखे ।

मैले नेपाल फेस्टिवलमा नेपाल झल्कने कुराहरु हुनुपर्यो है भन्दै यसको लागि नेपाली दूतावासले बुथहरु सुकुम्बासी बस्ने जस्तो बुथहरु बनाएर नेपाल फेस्टिवल गर्नु हुन्न भनेर म कडा रुपमा प्रस्तुत भए । यस विषयमा थुप्रै साथीहरुले विभिन्न कुराहरु गर्नुभयो र यस विषयमा चर्कचर्की पनि भयो । त्यसपछि मैले साथीहरुसंग सल्लाह गरेपछि गत वर्षको फेस्टिवल नेपाल झल्कने केहि कुराहरु राख्नु भन्नु भयो तर यस वर्ष पनि सुरुमै नेपाली झल्कने कुरा देखाउनु पर्यो भनेर आग्रह गरे । यस वर्षको फेस्टिवलको आयोजक नेपाल दूतावासनै भएकोले यसपालिको फेस्टिवल फरक हुने विश्वास लिएको छु ।

नेपालको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रयास
मलाई लाग्छ कि जापानमा पर्यटन प्रवर्द्धन गर्न नेपाल फेस्टिवल टोकियोमा मात्र नभएर अन्य शहरहरुमा पनि गर्नुपर्छ भनेर भनेको छु । र यस कुरामा दूतावास पनि लागिपरेको छ ।

त्यस्तै मैले भिजिट नेपाल २०२० लाई फोकस बनाएर जापानमा २०२० मा पनि ओलम्पिक हुने भएकोले यो हाम्रो लागि ठूलो अवसर रहेको छ । पर्यटन प्रवर्द्धन गर्न सफल होस् भनेर नेपाली राजदूतावासको वेभसाईट तीन वटा भाषामा राखेक छौँ । त्यस्तै नेपाल टुरिजम बोर्डको कुरा उठाउदै हिजो चाही नेपाली भाषामा राखेको तर आज किन हटाएको भन्ने विषयमा म खोज गर्नेछु ।

नेपाली दुतावासको पहलमा जापानी भाषामा पोस्टरहरु छाप्ने काम पनि भएको र विभिन्न देशमा बस्ने नेपालीहरुले नेपाल यस्तो हो भन्दै गरेमा नेपालको प्रचार राम्रोसंग हुने मेरो विश्वास छ। मैले अहिले नेपालमा लगानीको विषयमा कुरा गर्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातारवरण रहेको प्रस्ट्याए । दुतावासले भिजिट नेपाल २०२० को प्रवर्द्धन गर्नको लागि रेल्वे स्टेशन देखि राजदूतावासको एरियाको बस स्ट्यान्ड सम्म जापानी र अंग्रेजी भाषामा भिजिट नेपालको विषयमा  सूचना प्रदान गर्ने अर्थात अनाउन्स गर्ने काम सुरु गरिसकेको छ | र नेपाल फेस्टिवलमा पनि प्रचार गर्ने लक्ष्य राखेको छ ।

जापानमा नेपालको मान प्रतिष्ठा नबिगार्न आग्रह
त्यस्तै मैले नेपाली साथिहरुलाई जापानमा नेपालको इमेज न बिगार्न आग्रह गरेको छु । मैले सोसल मिडियामा नेपाल अरु देशभन्दा अघि रहेको भन्दै नेपालीहरु राम्रो कुरा भन्दा नराम्रा कुरा कोट्याउन माहिर रहेको र त्यो बानी हटाउन आग्रह गर्छु ।

मैले युरोपियन र अमेरिकन राष्ट्रहरुको उदाहरण दिंदै साउथ एसियनराष्ट्रहरु हरेक कुरामा नेगेटिभ सोच्छन तर युरोपियन र अमेरिकी राष्ट्रहरु हरेको कुरा पोजिटिभ रुपमा लिने गरेको र यो बानी नेपालीहरुमा पनि हुनु पर्नेको साथै हाम्रो मानसिकतानै परिवर्तन गर्नु पर्छ । अहिले पनि हाम्रो मानसिकतानै नेगेटिभ रहेको छ । मैले नेपालको इमेज बिगार्ने र सपार्ने हात हामीमा रहेको छ भन्दै जापानले दिएको माया, सम्मान अहिले इतिहास जस्तो भैसकेको छ र जापानीले नेपालीलाई दिएको माया सम्मान घट्दै गएको मैले पाएको छु ।

त्यस्तै मैले के सम्म पाएको छु भने थुप्रै नेपालीहरुले नेपालको प्रचार गर्नु पर्ने ठाउँमा नेपाल फोहोर, केहि पाउँदैन,लोडशेडिंग,यो छैन त्यो छैन भनेर म जापान आएको भन्ने समेत पाए ।

मैले जापानको विभिन्न कार्यक्रममा नेपाको सहभागिता बढाउनुपर्छ र यस कार्यमा नेपाली दूतावासले पनि अहम भूमिका खेल्ने विचार लिएको छु । जापानीहरु पनि नेपालीको लागि सहयोगी रहेको भन्दै मैले नेपालीहरुलाई नेपालको विषयमा केहि कुरा गरे जापानीहरुले आफ्ना साथिहरुलाई पनि ए नेपाल त यस्तो रे भन्दै भन्ने कुराहरु गर्ने र जापानी मिडियामा नेपालको सहभागिता कसरी अगाडी बढाउनेमा पनि कुरा सोचेको छु ।

त्यस्तै मलाई नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरु नेपालमा पर्छ भन्ने कुरा पनि जापानी र अन्य विदेशीहरुलाई थाहा भएको र नेपाल आफैले आफ्नो ठाउँको प्रचार गर्नु पर्नेमा अरुले नै प्रचार गरेकोमा दु:ख लागेको छ । मैले नेपालीहरुलाई नेपालको दूत भन्दै नेपालमा लगानी भित्र्याउन तपाईहरु भूमिका रहने र नेपाली दूतावासले एनआरएन, विभिन्न क्षेत्र र संस्थाहरुसंग मिलेर लगानीमा मात्र होइन विभिन्न क्षेत्रमा मिलेर कम गर्ने विश्वास लिएको छु ।

त्यसैले नेपालीहरुले जापानमा सिकेको ज्ञान नेपालमा प्रयोग गर्न आग्रह गरे । मैले नेपालको इमेज गुमाउनु नहुने भन्दै म नेपालीहरू बहादुर र वुद्धिमान हुन् भनेर चिनाउन लागिपर्न सुझाव दिन्छु । अब नेपाल र जापान सिधा हवाई सेवा पनि छिट्टै हुने भएकोले पर्यटन प्रवर्द्धन पनि ठूलो टेवा पुग्ने धारणा व्यक्त गर्दै सम्वृद्ध नेपाल बनाउन तपाईहरुको साथ र सहयोगको आशा राखेको छु ।

(जापान स्थित नेपाली दूतावासका उपनियोग प्रमुख अर्यालले हालै भएको एक पर्यटन प्रवर्द्धन गोष्ठीमा राखेको बिचारको सम्पादित अंश)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अर्याल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More