अल्पविकसित देशको निर्यात वृद्धिमा मन्त्री विश्वकर्माको जोड

14 December, 2017 11:36 | राजनीति | comments | 17850 Views

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले अल्पविकसित देशको निर्यात व्यापार वृद्धिका लागि अन्तरराष्ट्रिय समुदायबाट सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा जारी विश्व व्यापार संगठनको ११ औँ मन्त्रिस्तरीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री विश्वकर्माले उक्त कुरामा जोड दिनुभएको हो ।

विधिमा आधारित, पारदर्शी, समावेशी एवं भेदभावरहित बहुपक्षीय व्यापारिक प्रणालीप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै उहाँले बजारसम्मको भन्साररहित पहुँच, उत्पत्तिको नियम, अल्पविकसित देशका सेवामा उन्मुक्तिजस्ता विगतका निर्णय कार्यान्वयन गर्नुपर्ने अपरिहार्यता औँल्याउनुभएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

अल्पविकसित मुलुकको प्राविधिक, नियामक, संस्थागत र भौतिक पूर्वाधारजस्ता संरचनागत क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग संयन्त्र आवश्यक हुन्छ भन्दै उहाँले गरिबी घटाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा दिगो आर्थिक वृद्धि र आर्थिक विविधिकरणमा वाणिज्य क्षेत्रको अहम स्थान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, नियमसंगत विश्वव्यापारका निम्ति सन्तुलित, पारदर्शी एवं समावेशी व्यापार प्रणाली आजको आवश्यकता हो जसले दिगो विकासका लक्ष्य हासिलमा समेत मद्दत पु¥याउँछ ।

दश वर्षभित्र नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने बाम घोषणा (घोषणापत्रको पूर्णपाठसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

फेसबुक

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

ट्वीटर

सामाजिक सञ्जाल

More