Sunday 26, March 2017
नेपाली समय: 12:59:30
जापानी समय: 04:14:30

अवकाशपछि जागीर खानेहरुमाथि कडा बन्दै शिक्षा मन्त्रालय

19 March, 2017

japan
जापानको शिक्षा मन्त्रालयले अवकाशपछि अवैध रुपमा पुनः काम खोज्न जानेहरुको ३० भन्दा बढी मुद्दा खोतलेको छ । यसरी काम खोज्न जानेमा परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयको समेत मिलेमतो रहेको बताइएको छ ।

समाचार अनुसार अवैध रुपमा जागीर खोज्ने मुद्दा लगभग ६० वटा छन् । शिक्षा मन्त्रालयले सो रिपोर्ट मंगलबार मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । भर्खरै प्ष्टि भएको एउटा मुद्दामा एकजना अवकाशप्राप्त कर्मचारी परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषदबाट सहयोग पाएर विश्वविद्यालयमा काम सुरु गरेका छन् ।

समाचार अनुसार शिक्षा तथा खेल, संस्कृति अनि विज्ञान, प्रविधिका मन्त्रालयले अन्तरिम प्रतिवेदनमा त्यस्ता अरु २७ अबैध काम गरिरहेको समेत पत्ता लगाएको होा ।

यसरी पुष्टि भएको मुद्दामध्ये खेलकुद तथा युवा ब्यूरोका पूर्व निर्देशक अहिले निजी बिश्वबिद्यालयको प्रमुख भएका छन् । ती पूर्व निर्देशक २०२० को ओलम्पिकका लागि नयाँ रंगशालाको निर्माणको इन्चार्जमा समेत थिए ।

जापानका शिक्षामन्त्री हिरोकजु मत्सुनोले अवकाश पाएका कर्मचारीहरुको यस्तो अभ्यास दण्डात्मक कार्य भएकाले यसलाई रोक्नका लागि शिक्षा मन्त्रालयले आव्हान भएको पूर्ण रोजगारलार्इ ध्यान दिएर त्यसको जाच गर्ने बताएका छन् ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo