अव्यवस्थित बालुवा प्रशोधन उद्योगले दुर्घटना बढाए

19 January, 2018 10:51 | जन सरोकार | comments | 31500 Views

दुर्घटना कमी गर्नका लागि सामूहिक पहल आवश्यक भएकाले सबैले कुरा मात्र होइन दुर्घटनामा कमी ल्याउन काम गरेर देखाउने प्रतिबद्धतासहित बिहीबार धादिङको घाटबेँसीमा भएको सडक दुर्घटना न्यूनीकरणसम्बन्धी छलफल सकिएको छ ।

दुर्घटनामा कमी ल्याउनुपर्नेमा ठूला दुर्घटना भइरहेको अवस्थामा गजुरी गाउँपालिकाको आयोजना र नेपाल अटो मोबाइल्स एशोसिएशनको सहयोगमा सञ्चालित कार्यक्रममा जिल्लाका सरोकारवाला, राजमार्ग क्षेत्रको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितले गाउँपालिकाले रणनीति बनाएर दुर्घटनामा कमी गर्न लागिपर्ने प्रतिबद्धता जनाएका हुन् ।

हालै निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी, प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी उपरीक्षक ध्रुवराज राउत, सबै सुरक्षा अंगका प्रमुख, राजमार्गमा पर्ने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले स्थानीय सरकारले नै दीर्घकालीन नीति बनाएर राजमार्गको सुरक्षा र यात्रुको सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

२०२४ सालमा खनिएको सडक हाल सवारी चापका कारण धान्न नसक्ने अवस्थामा पुगेको, ठूला सवारीसाधनका कारण राजमार्ग भत्किरहेको र अव्यवस्थित बालुवा प्रशोधन उद्योगले सडकलाई क्षतविक्षत पारेकाले यस्तो कार्य तत्काल रोक्न स्थानीय तहको सरकारले गुरुयोजना बनाएर लागिपर्ने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनुभयो ।

हालका दिनमा सडक दुर्घटना मानिसको मृत्युको आठौँ कारण भएकाले आगामी २०३० सम्म पुग्दा तेस्रो कारण बन्न सक्ने भएकाले बेलैमा सबैको इच्छाशक्तिका कारण मात्र दुर्घटना कम गर्न सकिने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेकाले आफूले समेत सहयोग पु¥याउने नेपाल अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष गोविन्द भट्टराईले बताउनुभयो ।

विगत २० वर्षको तथ्यांक हेर्ने हो भने ६२ हजार मानिस गम्भीर किसिमको अंगभंग भएर बसिरहेकाले पनि राजमार्ग र यात्रुको सुरक्षा योजनाअनुसार काम गर्नुपर्ने उहाँको धारणा थियो ।

धादिङको गजुरीबाट नागढुंगासम्मको क्षेत्रमा बालुवाका कारण राजमार्ग तहसनहस भएको, व्यावसायीले बालुवा निकालेर पानी चुहाउँदै लैजाने गर्नाले ७० जिल्लाका मानिस आवतजावत गर्ने राष्ट्रिय सम्पत्ति बिग्रिएकाले यसको स्तरोन्नति गर्न जरुरी भइसकेको ट्राफिक इञ्जिनियर आशिष गजुरेलले बताउनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिकासमेतको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका र नगरपालिकाले हरेक गाउँपालिका क्षेत्रमा सुरक्षा अधिकारीसहितको रेस्क्यु सेन्टर राख्ने, त्यसलाई तालीमसहितको व्यवस्थापन गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, ठूला सवारी र टिपरका कारण राजमार्ग बिग्रिएको र सडकमा झरेको बालुवाका कारण राजमार्ग तहसनहस भएकाले सो नियन्त्रण गर्ने, राष्ट्रिय राजमार्गको दायाँबायाँ क्षेत्र खाली गर्ने, बजारलगायतका स्थानमा पैदलमार्ग बनाउने, नजिकै रहेका घरटहरा हटाउन सुरक्षामाग गरी हटाउनेलगायतका प्रतिबद्धता गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् अधिवेशनको तयारी : मूल हलमा प्रतिनिधिसभा र नुप्सेमा राष्ट्रियसभा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More