रबि लामिछाने युएईमा रबि लामिछाने युएईमा

  • रबि लामिछाने युएईमा
  • रबि लामिछाने युएईमा
  • रबि लामिछाने युएईमा
  • रबि लामिछाने युएईमा
  • रबि लामिछाने युएईमा
  • रबि लामिछाने युएईमा

अष्टमी गुरुङको हत्यारालाई कारवाहीको माग गर्दै, रबि लामिछाने युएईमा

4 December, 2017 15:27 | प्रबास | comments | 153000 Views

 रबि लामिछाने युएईमा

युएई– “सिधा कुरा जनतासंग” कार्यक्रमका संचालक एवं पत्रकार रबि लामिछाने युएई पुगेका छन् ।

दुबई स्थित अन्तराष्ट्रिय विमानिस्थलको टर्मिनल २ मार्फत सोमबार बिहान २ बजे युएई आईपुगेका लामिछानेलाई एनआरएनए युएई, नेपाल पत्रकार महासंघ युएई, बिभिन्न संघ संस्थाका प्रतिनिधी, व्यवसायी, लगायत यूएईमा कार्यरत नेपालीहरु विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

adsads

युएईको राजधानी आबुधाबी स्थित एक किल्नीङ कंम्पनीमा कार्यरत गोर्खाकी नेपाली चेली ‘अष्टमी गुरुङ’ले आत्महत्या गर्नुको कारण बारे सिधाकुरा जनतासंग कार्यक्रममा प्रसारण भएपछि उक्त घटनाको गहिराई सम्म पुग्न र गुरुङलाई आत्महत्या सम्म गर्ने अवस्थामा पुर्याउने ब्यक्तिलाई कारवाहीको माग गर्दै रबि लामीछाने युएई पुगेका हुन् ।

आत्महत्या गरेर दाहसंस्कार सम्म गरिसकेपछी मृतक अष्टमी गुरुङका दाईले अष्टमीले आत्महत्या गर्नुभन्दा अगाडी उनकै मोबाइलमा रेकर्ड गरेको भिडियो टेप फेला पारेर न्युज २४ टेलिभिजनलाई घटनाको बारेमा जानकारी गराएपछि घटना एकाएक चर्चामा आएको थियो। गुरुङ भाषामा रेकर्ड गरिएको उक्त भिडियोमा अष्टमीले आफुलाई कम्पनीकै एक सुपरभाईजरले बलात्कार गरेकै कारण आत्महत्या गर्न बाध्य भएको बताएकी छिन्।

सोही घटनालाई लिएर मृतक गुरुङको परिवारलाई समेत भेटेका रबि लामिछानेले दोषीलाई कानुनको जिम्मा लगाएर परिवारलाई न्याय दिलाई छाड्ने भन्दै युएई आईपुगेका हुन्। यसै बिषयमा छलफल तथा अन्य समसामयिक बिषयमा कुराकानी गर्न सोमबार बेलुकी ५ बजे ‘नेपाली दूतावास आबुधावी’मा यूएईमा रहेका विभिन्न संघ संस्था र युएईमा कार्यरत नेपालीहरुसंग भेटघाट कार्यक्रम समेत गर्ने रबिले बताएका छन् ।

एनआरएनए युएई अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रबि लामिछाने युएईमा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More