Thursday 23, February 2017
नेपाली समय: 11:07:44
जापानी समय: 02:22:44

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक लोसार सम्पन्न

15 February, 2017

unnamed१२ फेब्रुअरी, जिलोङ अस्ट्रेलिया: दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरुको समुदाय सानै भए तापनि बुद्धिस्ट समुदायका सदस्यहरु पनि आउन शुरु गरेकोले यही १२ तारिख जिलोङमा नेपालीहरुले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । विहान १० बजे भिक्षु गेसे सोनामद्धारा परंपरागत बुद्ध पूजाबाट कार्यक्रमको शुरुवात गरिएको थियो ।
भिक्टोरीया राज्यको जिलोङ क्षेत्रको जिम्मेवारी पाएका लेबर पार्टी सांसद क्रिस्टिन कोउजेन्स, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियान एबं नेपालका भूकम्प पीडित बालबालिकाका लागि पोषण कार्यक्रमका विस्व संयोजक इ रामकुमार श्रेष्ठ, एनआरएन आइसिसि सदस्य ॠषि कंडेल, एनआरएन अस्ट्रेलियाका सचिब टोनु घोताने आदिलाई पञ्चकन्याद्धारा खादा ओढाएर स्वागत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद क्रिस्टिन कोउजेन्सले कार्यक्रममा बोल्दै नेपालीहरु आफ्नो कला संस्कृतिमा एकदमै धनी रहेको र जिलोङमा भइरहने नेपाली समुदायका कार्यक्रम आफू प्राथमिकताका साथ उपस्थिती जनाउने गरेको र नेपालीपनमा भिज्न पाउँदा एकदमै आनन्द पनि आउने बताएकी थिइन् । उनले लोसार कार्यक्रम स्थलमा प्रदर्शन गरिएको चित्रकार ग्यालरीको चित्र भरपूर आनन्द लिदैँ चित्रको प्रशंसा पनि गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले जिलोङमा नेपालीहरुको सानो बस्ती रहेपनि कार्यक्रम जहिले पनि भव्य हुने र सबैलाई समेटेर कार्यक्रम सफल पार्ने गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै, उनले जिलोङमा पहिलो पटक मनाइएको ल्होसारमा उपस्थित हुन पाउँदा एकदमै रमाइलो लागेको र नेपाली कला, संस्कृतिको जगेर्ना गन यस किसिमको कार्यक्रमले योगदान दिने बताएका थिए ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads