आइसिसीको ट्वान्टी–ट्वान्टी बरियतामा चार नेपाली क्रिकेटर

Kabi 10 August, 2018 11:42 | खेल | comments | 9750 Views

नेपालका चार खोलाडीहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बरियतामा राखेको छ । सार्वजनिक नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेटतर्फ नेपालका दुई बलर र व्याट्सम्यान तर्फ दुई खेलाडी शीर्ष १०० भित्र राखिएका हुन् ।

adsads

ब्याटिङतर्फ १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका पारस खड्का र शरद भेषावकर परेका हुन् भने बलिङतर्फ ११ खेलबाट १९९ रन बनाएका बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् ।

नेपालका कप्तान खड्का ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा २६५ अंकसहित ९० औं स्थानमा छन् शरद भने २३८ अंकसहित ९८ औं स्थानमा रहेका छन् । अष्ट्रेलियाका आरोन फिन्च यसको शीर्ष स्थानमा तथा पाकिस्तानका फकर जमान दोश्रो स्थान र भारतका लोकेश राहुल तेश्रो स्थानमा रहेका छन् ।

बसन्त ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंकसहित ७१ औं स्थानमा र सोमपाल ३३८ अंकसहित बरियताको ९२ स्थानमा रहेका छन् । रेग्मीले १२ खेलबाट १६ विकेट लिएका थिए भने कामीले १२ खेलबाट १३ विकेट लिएका थिए। ट्वान्टी ट्वान्टी बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन्।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More