नेपाल र थाइल्याण्डले अंक बाँडे नेपाल र थाइल्याण्डले अंक बाँडे

  • नेपाल र थाइल्याण्डले अंक बाँडे
  • नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट : नेपाल र थाइल्याण्डले अंक बाँडे

20 November, 2017 20:29 | खेल | comments | 33750 Views

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको पहिलो खेलमा नेपालले अंक बाँडेको छ । आज (सोमबार) भएको थाइल्याण्डसंगको खेलमा दुबै टोलीले अंक बाँडेका हुन् । वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र थाइल्याण्डले १-१ अंक बाँडे ।

बैककको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै ९० रन बनायो । उसका लागि नारुइमोल चाइवाईले २३ र नत्ताकन चानथमले १९ रन बनाए । त्यस्तै यस्तै टिपोच र सुथिरुङले क्रमश १५ र १३ रन जोड्दै टोलीलाई बलियो स्थितीमा पुर्याइन । नेपालको लागि सरिता मगरले २ विकेट लिईन भने रुबिना क्षेत्री र करुणा भण्डारीको भागमा समान १-१ विकेट रह्यो ।

९१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाली महिला टोलीले ३.४ ओभरमा  विना विकेटको क्षतिमा १० रन बनाउदा पानी परेपछि खेल रोकिएको थियो । तर करीव दुई घण्टा लगातार पानी परेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरे । नेपालले अब दोस्रो खेल भोलि हंगकंगसंग खेल्नेछ ।

प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई र मलेसिया प्रतियोगितामा  सहभागी छन्। प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ।

टि–ट्वान्टी विश्वकप छनोट : नेपाली महिला क्रिकेट टोलीको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More