नेपाल र थाइल्याण्डले अंक बाँडे नेपाल र थाइल्याण्डले अंक बाँडे

  • नेपाल र थाइल्याण्डले अंक बाँडे
  • नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट : नेपाल युएईसंग पराजित

23 November, 2017 19:35 | खेल | comments | 24150 Views

नेपाल र थाइल्याण्डले अंक बाँडे

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज(बिहिबार )भएको खेलमा नेपाल युएईसंग पराजित भएको छ ।

नेपाल युएईसंग ५ रनको झिनो अन्तरले पराजित हुन पुग्यो । बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ७९ रन बन्यो । उसका लागि नताशा चेर्रियातले २३ र इशा रोहित ओझाले २२ रन जोड्नु बाहेक अन्य प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि रुबिना क्षेत्रिले ३ विकेट लिईन भने रिता कुमारी कनौजियाको भागमा २ विकेट रह्यो ।

८० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाली महिला टिम २० ओभरमा ९ विकेट गुमाउदै मात्र ७४ रन बनायो । उसको लागि रिता कुमारी कनौजिया २२ र ज्योति पाण्डेले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन । युएईको लागि हुमरिया तास्निम र निशा अलिले समान २-२ विकेट लिईन । खेलमा निशा अलि वुमेन अफ द म्याच भईन । यसअघि भएको खेलमा नेपालले वर्षाका कारण हंगकंग र थाईल्याण्डसंग १-१ अंक बाँडेको थियो । अब  नेपालले भोलि (शुक्रबार)मलेसियासंग खेल्नेछ ।

छ राष्ट्र सम्मिलित खेलमा नेपाल २ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन्। प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ।

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट : नेपाल र थाइल्याण्डले अंक बाँडे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More