सन्दीप लामिछाने सन्दीप लामिछाने

  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने

आइसीसी विश्व ११ टोलीमा सन्दीप

16 May, 2018 19:46 | खेल | comments | 10350 Views

सन्दीप लामिछाने

एक पछि अर्को सफलता चुम्दै गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व ११ टोलीमा छानिएका छन् । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दीपले मौका पाएका हुन् ।

लर्डसमा आगामी मे ३१ मा हुन लागेको आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेलमा लामिछाने विश्व ११ मा समावेश भएको विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले बुधबार जनाएको हो।

गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो।

नेपाली क्रिकेटको इतिहासमा नेपाली खेलाडी विश्व ११ मा परेको यो पहिलो हो । इंगल्याण्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व ११ मा सन्दीपसँगैं पाकिस्तानी अलराउन्डरद्वय शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसेरा पेरेरा रहने छन्।

त्यस्तै अन्य खेलाडीमा तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्डेय, लुक रोन्ची रहेका छन्। विश्व ११ को प्रशिक्षक एवंम व्यवस्थापकको जिम्मा भने एन्डी फ्लावरले लिएका छन् ।

त्यसैगरी कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायतका खेलाडी रहेका छन्।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सन्दीप लामिछाने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!