आईसीसी विश्व क्रिकेट लिग भिडिजन : नेपाल र युएई भिड्दै

6 December, 2017 10:34 | खेल | comments | 14850 Views

विश्वकप छनोटमा सहजै पुग्ने मौका गुमाएको नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको खेल बुधबार संयुक्त अरब इमिरेटससंग खेल्दैछ ।

विहान ११ बजे शिख जायद क्रिकेट रंगशालामा हुने खेलमा डिभिजन दुईमा घटुवा भएका दुबै टोलीका लागि यो खेल औपचारिक र प्रतिष्ठाका लागि मात्र खेल्दैछन् ।

यसको जित हारले कुनै फरक पार्दैन । अब नेपाल र युएईले डिभिजन टु बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउने छन ।

डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु सन् २०१८ को फेब्रुवरीमा नामिबियामा हुनेछ ।

यो खेलका लागि नेपाल एक साता अघि युएई पुगेको थियो । युएईमा रहँदा दुई वटा अभ्यास खेल खेलेको नेपालले केन्या र अमेरिकाविरुद्धको दुई अभ्यास खेलमा जित हात पारेको थियो ।

गत महिना भएको छैटौं चरणको खेलमा हङकङसंग एक खेलमा हार र अर्को खेलमा अंक बाडेपछि नेपाल डिभिजन टु मा झरेको थियो ।

स्कटल्याण्डसंगको खेललगत्तै विश्व टी २० को छनोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More