आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्रीलाई कसरी कारबाही गर्ने ?

13 September, 2017 19:53 | राजनीति | comments | 8400 Views

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता लागू भएपछि मन्त्रिपरिषद विस्तार गरेर सरकारले आचारसंहिता उल्लंन गरेको भए पनि निर्वाचन आयोगले यस विषयमा सरकारसंग विवाद नगर्ने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारबारे आयोगको ध्यानाकर्षण भएको र आपत्ति जनाइसकेका भन्दै थप विवाद गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले सरकारसामु आयोग निरिह भन्यो भन्ने आरोप लागेको स्मरण गराउँदा आचार संहिता उल्लंघन भएको ठहर गर्दै निर्वाचन आयोगले आपत्ति जनाएको तर सम्माननीय प्रधानमन्त्रीलाई जरिवाना गर्न मिल्छ र भन्ने प्रश्न गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश २ को चुनावका क्रममा आचार संहिता उल्लंघन भइरहेको स्वीकार गर्दै उपप्रधानमन्त्रीदेखि दलका नेताहरुलाई समेत स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो ।

अर्कोतिर अहिले जितिया पर्व, र स्रोह्र श्राद्ध परेकाले भोजभतेर चलेको र त्यसलाई निर्वाचन आचारसंहिता उल्लंघन भन्न नमिल्ने बताउँदै प्रमुख आयुक्त यादवले यदि कुनै उम्मेदवारले गरेको प्रमाण दिए कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोकिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More