आजको राशिफल, २०७४ फागुन ३ गते बिहिबार
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। फाइदाका लागि पुरुषार्थी कदम अघि बढाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सहयोगीहरूले त्यति साथ नदिए पनि भाग्यले केही अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछ। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। कम महत्त्वका काममा समय बित्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
काममा जुट्दा विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। परिवारजनको साथले उत्साह जगाउनेछ। छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। तापनि मिहिनेत गर्दा चुनौती पन्छाएर काम बनाउन सकिनेछ। हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतिस्पर्धाको दौडमा जित हातलागी हुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सफल भइनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मिहिनेतको थोरै प्रतिफल पाइनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
केही अवरोध आए पनि हिम्मतले काम लिँदा फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा सामान्य लाभ हुनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। प्रयत्न गर्दा अध्ययनमा भने प्रगति हुनेछ। ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन्। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ।
(नेपाली पात्रो)
तपाईंको प्रतिकृया
ताजा समाचार
- अर्जुन र जुना विरेन्द्रको ”हरेक साँझ”मा(भिडियो सहित)
- भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको विश्व कर्पोरेट मामिला प्रमुखमा नियुक्त
- पर्यटन मन्त्री अधिकारीको संयोजकत्वमा निजगढ विमानस्थल निर्माण समिति
- फुटबलले जगाएको आशा
- कोलकातामा नेपाली नृत्य
- तीन महिनाका लागि प्रदेश दुईको सरकारले ल्यायो १ अर्ब बढी बजेट
- जापानको बढ्दो श्रमिक समस्याको विकल्प मानवयन्त्र
- सिण्डिकेट बिरुद्ध सरकारको अर्को कदम- बन्दहडताल गर्न नपाइने
- राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल नियुक्त
- केपी ओली निरंकुश बने: कोइराला
- लोकतन्त्र- सपना बेच्ने, सपनामै रमाउने र भ्रम छर्ने दन्त्यकथा होइन
- कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने : परीक्षा बोर्ड
- मनमा संगीतको ढुकढुकी : नेपाली ताराले बनायो स्थापित
- बेलायतको राजपरिवारमा नयाँ सदस्यको आगमन
- फरार अभियुक्त १९ वर्षपछि पक्राउ
- ओलम्पिक तयारीबारे प्रश्न र आलोचनाको लागि जापान तयार हुनुपर्ने आइओसीको भनाइ
- भागवण्डाको चक्कर- ३१ मन्त्रालय हुँदा १२, २१ मा झर्दा १६ संसदीय समिति
- शिक्षा अधिकारीविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता
- अप्रिल २९ मा शान्ति पदयात्रा हुने
- जानकी दिवस मनाइँदै
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


