उल्का वर्षा उल्का वर्षा

  • उल्का वर्षा
  • उल्का वर्षा
  • उल्का वर्षा
  • उल्का वर्षा
  • उल्का वर्षा
  • उल्का वर्षा

आज उल्का वर्षा : आकाश सफा रहे देख्न सकिनेछ यो अद्भूत दृश्य

13 December, 2017 18:48 | सूचना/प्रविधि | comments | 93300 Views

उल्का वर्षा

यदि आकाश सफा देखियो भने आज अर्थात् डिसेम्बर १३ को राति र १४ को विहानी अद्भूत देश्य देखिनेछ । यो रात र भोलिको दिन जेमिनिड उल्का वर्षा हुँदैछ । वेनिङ क्रिसेन्ट चन्द्रमा हुने भएकाले उक्त उल्का वर्षा सबेरै विहान देख्न सकिने छ ।

अझैँ महत्वपूर्ण कुरा त जेमिनिड उल्का वर्षाको स्रोत मानिने र चट्टानी पुच्छ्रेतारा भनेर चिनिने ३२०० फाइथन नामक रहस्यमय वस्तु पृथ्वीनजिकैको अन्तरिक्षमा देखिने छ । डिसेम्बर १६ मा उल्कावर्षा उत्कर्षमा भएको समयमा ५२३.५ दिनको अक्षमा उक्त वस्तु पृथ्वीबाट निकै नजिक रहने छ ।

२०१७ को उल्का वर्षा विशेष हुनेछ वा कतिवटा उल्का देखिन्छ भन्ने कुरा प्रष्ट छैन किनभने ३२०० फाइथन नजिकिएको छ । तर स्रोत पुच्छे्रतारा पनि नजिकै भएकाले यो उल्का वर्षा निकै शानदार हुने मानिएको छ ।

३२०० फाइथन निकै चासो र रहस्यमय वस्तु हो । यो अहिलेसम्म अन्तरिक्षमा देखिएको एकमात्र वस्तु हो जसले शिशुग्रह र पुच्छे्रताराबीचको अन्तरलाई धमिल्याइदिएको छ । वार्षिक रुपका हुने उल्का वर्षाहरु पुच्छ्रेताराका वर्फिला अंशका रुपमा रहेका हुन्छन् तर जेमिनिडहरु शिशुग्रह र पुच्छ्रेताराको अनौठो मिश्रणबाट बनेका हुन्छन् जसलाई रक कमेट पनि भनिन्छ ।

पुच्छ्रेताराभन्दा शिशुग्रहहरु ठोस र धातुमय हुन्छन् र यिनीहरुको अक्ष पुच्छ्रेताराको तुलनामा लामो हुन्छ । शिशुग्रहको जस्तो नाम भएको ३२०० फाइथनको अक्ष शिशुग्रहभन्दा पुच्छ्रेतारासंग मिल्दोजुल्दो छ । यसले धुलो, धुलोको पुच्छरको रहस्यमय उत्सर्जन गर्दछ र यसलाई खगोलविदहरुले सूर्यको तापको कारण यसमा चिरा परेर भएको बताएका छन् जुन पोखरीको पानी सुकेर माटोमा चिरा परेको जस्तो देखिन्छ ।

३२०० फाइथन अक्टोबर ११, १९८३ मा अन्तरिक्षयानबाट पत्ता लागेको पहिलो शिशुग्रह मानिन्छ । खगोलविद साइमोन एफ. ग्रिन र जोन के. डेभिजले चालमा रहेका वस्तुहरुको इन्फ्रारेड एस्ट्रोनोमिकल सेटेलाइट (आइआरएएस) आँकडा खोज्ने क्रममा यसलाई पत्ता लगाएका थिए । चाल्र्स टी. कोआलले यसलाई प्रकाशको प्रयोगबाट पुष्टि गर्दै यो बनोटमा शिशुग्रहजस्तो रहेको बताएका थिए । १९८३ टिबी नाम राखिएको यस वस्तुलाई दुई वर्षपछि १९८३ मा शिशुग्रहको नामकरण गर्ने परम्परागत विधिअनुसार ३२०० फाइथन नामाकरण गरिएको थियो ।

यसको चाखलाग्दो विशेषता भनेको यो अन्य शिशुग्रहको तुलनामा सूर्यको निकै नजिक आउने गरेको छ । त्यसैले यसलाई फाइथन नाम दिईएको हो जसको अर्थ ग्रिक धर्मशास्त्रमा सूर्यदेव हेलियोसको छोरा भन्ने हुन्छ ।

उक्त उल्का वर्षा बादल र प्रकाशले प्रदुषण नगरेमा बुधबार रातिदेखि डिसेम्बर १४ को प्रथम प्रहरसम्म देख्न सकिने छ । यो उल्का वर्षा हेर्नका लागि शहरका बत्तीदेखि टाढा अन्धकारमा जानुपर्ने र यसका लागि दुरबिन वा टेलिस्कोपको आवश्यकता नपर्ने एम पि बिर्ला प्लानेटेरियमका निर्देशक देबि प्रसाद दुआरीले मंगलबार जानकारी दिएका छन् ।

यस वर्षको जेमिसनड उल्का वर्षा डिसेम्बर १३ राति र १४ को विहान उत्कर्षमा पुग्ने अपेक्षा गरिएको छ र यसको सुरुवात डिसेम्बर १३ को राति करिब १० बजे सुरु हुने छ । उत्तरपूर्वी आकाशमा मिथुन राशी देखिएपछि कालपुरुष तारापुञ्जको केही माथी दायाँतर्फ देख्न सकिने छ । डिसेम्बर १४ को विहान २ बजे सबैभन्दा तीव्र उल्का वर्षा हुनेछ ।

आज रातिदेखि शनिबार बिहानसम्म उल्का वर्षा हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उल्का वर्षा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More