आणविक उर्जा प्रसोधनमा सुरक्षा नियमको उल्लंघन

15 October, 2017 16:07 | जापान | comments | 10200 Views

जापानी आणविक निरीक्षकहरुले जापान आणविक उर्जा लि. ले राष्ट्रको उत्तरपूर्वमा निर्माणाधिन आणविक उर्जा प्रसोधनमा एक दशकलामो अवधि सम्म पनि सुरक्षा जाँचसम्बन्धि नियमहरुको उल्लंघन गरेको जनाएको छ ।

आओमोरी प्रान्तको रोक्कासो नामक गाउँको जमिनमुनीको अंशमा १४ वर्ष देखि जाँच नहुदा आपतकालका लागि डिजेल भण्डारण गरिएको एक बिल्डिङमा यसै अगस्तमा करिब ८०० लिटर पानीको बहाव भएको छ । संकटको क्षणमा वाह्य उर्जा उपलब्ध नहुदा यस जेनेरेटरको प्रयोग हुने गरेको छ ।

जापान आणविक उर्जाका अध्यक्ष केन्जी कुडोले आणविक नियमन अधिकारीहरुको बैठकमा आफुले परियोजनाको निरीक्षण गर्ने र सुरक्षा स्वीकृति नपाएसम्म परियोजनाका काम स्थगन गर्ने जनाएका छन् । परियोजनाको काम सुचारु हुनुपूर्व त्यस परियोजनाका सुविधाहरु तथा ६ लाख उपकरणहरु यस वर्षको अन्त्यसम्ममा जाँच गरिसक्ने योजना रहेको छ ।

जाँचका क्रममा गम्भिर समस्याहरु देखा परेमा अधिकारीहरुले परियोजनालाई बन्द गर्न समेत निर्देशन दिन सक्नेछन् ।

जापानी पूर्व प्रधानमन्त्री कान आणविक र नवीकरणीय उर्जाका लडाकूको नामले सम्मानित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More