आत्महत्यापछि जापानी अध्यागमनबारे चासो

24 April, 2018 14:03 | जापान | comments | 9150 Views


जापानी अध्यागमन थुनामा रहेका भारतीयको आत्महत्याले त्यहाँ थुनामा रहेकाहरुले अनशन सुरु गरेका छन् भने त्यहाँको अवस्थाको बारेमा चासो समेत राखिएको छ ।

इराबाकी प्रान्तको उशिकु केन्द्रमा सावरमा झुण्डिएको अवस्थामा दिपक कुमारको शव अप्रिल १३ मा भेटिएको थियो । एक गैर सरकारी संस्था जापान एसोसिएसन फर रिफ्युजिज (जार) को तथ्यांक अनुसार २०१० देखि कुमार लगायत थुनामा परेका ८ जनाको मत्यु भइसकेको छ । एक अधिकारीका अनुसार कुमारको मृत्युपछि शुक्रबारदेखि उशिकु केन्द्रमा रहेका करिव ७० जनाले अनशन सुरु गरेका छन् भने अन्य केन्द्रहरुमा पनि विरोध प्रदर्शन सुरु भएको बताइएको छ । जारका अनुसार जापानभरका अध्यागमन विभागमा करिव १००० जना थुनामा रहेका छन् र त्यहाँको अवस्थाको बारेमा निकै चासो दिइएको छ भने मृत्युको सन्दर्भमा चिकित्साको पहुँचबारे प्रश्न उठ्न थालेको छ । गत वर्ष उशिकु केन्द्रमै एक भियतनामी नागरिकको मृत्यु भएको थियो भने २०१४ मा एक इरानी र एक क्यामरुनी गरी दुइजनाको मृत्यु भएको थियो ।

दश वर्षमा एक जनाको मृत्यु धेरै भएको जारको बोर्ड अध्यक्ष एरी एशिकावाले बताइन् । तर यथार्थमा हरेक वर्ष तीन देखि पाँच जनाको मृत्यु हुने गरेको उनले एएफपीलाई बताइन् । सम्बन्धित अधिकारीहरुले भने थुनामा परेकाहरुमाथी अन्याय वा वेवास्ता नभएको बताएका छन् ।

अध्यागमनमा डरलाग्दो सेटिङ : पाँच भारतीय पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!