आत्महत्या गरेका नेपाली विद्यार्थीको अन्त्येष्टिको लागि सहयोगको अपिल

17 May, 2017 00:15 | जापान | comments | 10650 Views

उच्च शिक्षा हासिल गर्न विद्यार्थी भिषामा चार वर्ष अधि जापान आएका पोखरा चाउथेका अर्जुन नेपालीले आत्महत्या गरेका छन्।

उनले में १४ मा जापानको चिवा केन इचिकावा सी स्थित आफ्नै कोठामा आत्महत्या गरेका थिए । उच्च शिक्षा सहित धन कमाउन जापान आएका नेपालीको पोखरा मझेरी पाटन चाउथे स्थाई घर भएका उनि जापान पुगेका थिए ।  पारिवारिक अवस्था कमज़ोर रहेको र जापानमै अन्तिम संस्कार गर्न खर्च अभाव भएकाले सहयोगका लागि उनका आफन्तले आग्रह गरेका छन् ।

उनले जापान जादा लागेको रिण पनि तिरी सकेका छैन् ।   २८ वर्षीय अर्जुन पछिल्लो पटक मानसिक तनावबाट गुज्रिएको र आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मजदुरी गरेर जिवन गुजारा गर्दै आएका उनको परिवारसँग अर्जुनको शवलाई जापानमै दाहसंस्कार गर्न समेत रकम नभएको भन्दै सहयोग संकलनको गरि अन्तिम संस्कार गरिदिन उनका साथि विशाल कार्कीले अनुरोध गरेका छन् ।

यसैविच अर्जुन नेपालिको अन्तिम संस्कार गरिदिनको लागि एनआर एन जापान कान्तोका संयोजक प्रकाश थापाको सयोजकत्वमा दाहस्सकार सहयोग समिति गठन गरिएको छ । समितिले सहयोग रकम संकलन शुरु गरि आवस्यक रकम संकलन गर्ने जानकारी दिदै सहयोग गरिदिन जापानबासि नेपालिलाई अनुरोध गर्नु भएको छ । समितिमा कास्कि पोखरा समाज जापानका कावा अध्यक्ष विश्व सुबेदी, एनआरएन कान्तोका सचिव नवीन न्युउरे, विशाल कार्कि रहेका छन् ।

सहयोगको लागी :
NRNA JP bank Account Number: 10010-4228121

थप जानकारीको लागी
Visal Karki
Mobile No:080-4063-2020

Prakash Thapa (Nrna Kanto)
Mobile No:090 -9381-4014

Nabin Neure(Nrna Kanto)
Mobile No: 080-4145-9955

Biswo Subedi
Mobile No:090-9328-5018

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More