Monday 29, May 2017
नेपाली समय: 01:15:49
जापानी समय: 04:30:49

आत्महत्या तथा मृत्युको कारण पत्ता लगाउन समिति

11 January, 2017

bijaya-gwali1नेपाली विद्यार्थीहरुका लागि आकर्षक गन्तव्य बनिरहेको जापानमा केही समययता नेपालीहरुले आत्महत्या गर्ने तथा अकस्मात मृत्यु हुने घटना बढ्न थालेपछि त्यसको वास्तविकता पत्ता लगाउन एनआरएनए जापानले डा. विजय ज्ञवालीको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।

नेपालीहरु कामको बोझ र आर्थिक कारणबाट आत्महत्या गर्ने र केहीको आकस्मिक निधन हुन थालेपछि यसको कारण पत्ता लगाई आत्महत्या न्युनिकरणका लागि सुझाव समेत दिनका लागि डा. ज्ञवालीको संयोजकत्वमा समिति गठन भएको हो ।

समितीले एक महिनाभित्रमा अध्ययन तथा सुझाव प्रतिवेदन पेश गर्ने छ । समितिको सुझावका आधारमा एनआरएन जापानले आकस्मिक मृत्यु तथा आत्महत्या न्युनिकरणका लागि कार्यक्रम बनाउने छ ।

एनआरएन जापानको अध्यक्ष सुदन थापाले दिएको जानकारी अनुसार समितिका सदस्यहरुमा टासी वाङदी लामा, बुद्घिराज घिमिरे, जनक विक्रम शाही, डा. प्रकाश शाक्य र आनन्द कोइराला रहेका छन् ।

त्यस्तै जापानका लागि नेपालका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष थापा र एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापा सल्लाहकार रहनुभएको छ ।

जापानमा फेरी नेपालीद्वारा आत्महत्या

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo