आध्यात्मिक पर्यटनको ठूलो सम्भावना छः प्रदेश प्रमुख

31 July, 2018 09:54 | गण्डकी प्रदेश , प्रदेश | comments | 17700 Views

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।

adsads

साउन महिनाको दोस्रो सोमबार लमजुङ मध्यनेपाल नगरपालिका वडा नं ६ रामबजारस्थित ईशानेश्वर महादेव मन्दिरको दर्शनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धार्मिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिइनुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख कुँवरले गण्डकी प्रदेशमा महत्वपूर्ण शक्तिपीठ रहेको उल्लेख गर्दै यस्ता धार्मिक क्षेत्रको उजागर गर्न स्थानीय र प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

साउन महिनाको हरेक सोमबार दर्शनार्थीको विशेष भिड लाग्नुका साथै शिवरात्रि पर्वमा सो क्षेत्रमा धार्मिक भेला लाग्ने गरेको इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More