आनी छोइङ नामक कार्यकममा अमेरिका आउने
विजय थापा, ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर २०१७ एकता र आशा युएस यात्रा -२०१७ नामक सांगीतिक कार्यक्रममा अमेरिका आउने भएकी छिन् ।
वाशिंगटन डिसी क्षेत्रमा स्थापना भएको प्रख्यात कार्यक्रम आयोजक संस्था घई इन्टरटेनमेन्ट ले आनी छोइङको कार्यक्रम गर्ने भएको छ िझन्डै एक महिने अमेरिकाको यात्रा रहेको आनीको कार्यक्रम जुन ३ देखि जुन २५ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति हुने छन् ।
आयोजकले जानकारी गराए अनुसार हाल सम्म लस एन्जेलस ,सन फ्रान्सिस्को ,सियाटल ,ओरेगन ,बोस्टन तथा वाशिंगटन डिसीमा आनीको कार्यकम हुने तय भै सकेको छ । बिदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गरि उक्त कार्यक्रम गरिने भएको छ ।
गत बर्ष २०१६ मा डिसीमा आनी छोइङ्गको कार्यक्रम भिन्तुना अन्तर राष्ट्रियले आयोजना गरेको थियो भने यस पटक घई इन्टरटेनमेन्टले आयोजना गर्ने भएको छ ।
भिन्तुना कै अङ्ग रहेको घई इनकरेज ,इङ्गेज र ईमपावर इन्टरटेनमेन्टको मुख्य लक्ष्य प्रोत्साहन ,संलग्न तथा सशक्तिकरण गर्नुको साथै नेपाली कलाकार ,संगीत ,संगीतकार ,चलचित्र कलाकार तथा उदाउदै गरेका प्रतिभाशाली सबैलाई अमेरिका तथा क्यानडामा अवसर प्रदान गर्दै प्रवर्धन गर्नु को साथै मंच उपलब्ध गराउनु रहेको छ ।यसको साथै अमेरिकामा रहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन तथा संलग्न गराउदै उत्तम प्रदर्शन गराउनु हो ।
एसियाली मुलुकमा माथिल्लो दर्जामा पुगेकी आनी छोइङ्ग चीनमा अत्यधिक चर्चामा पुग्न सफल रहेकी छिन् । नेपालमा संचालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउन डेसन ,आर्य तारा पाठशाला लगायत अन्यलाई समेत सहयोग मिल्न सकोस भन्ने हेतुले युनिटी एण्ड होप युएस टुर -२०१७ को आयोजना गरिएको आयोजकले बताएका छन् ।
आनीका लोकप्रिय गितहरु फुलको आँखामा फुलै संसार ,बटुवा हो बटुवा ,जय होस् तिम्रो मंगल होस् , ओम माने पेमे ,ओम तारे ,हुन्छ मलाई बिहान त्यो क्षण ,ईक्षा मेरो ,हे भगवान जस्ता रहेका छन् ।
ूएकता र आशा युएस यात्रा -२०१७ नामक सांगीतिक कार्यक्रममा न्हू बज्राचार्य ,रमण महर्जन तथा गोपाल रसाईली पनि आनीको साथमा आउने छन् ।गत बर्ष डीसीमा फुलको आँखामा फूलै संसार गित संगीतकार न्हू बज्राचार्यलाई सुरु गर्न आग्रह गरे पछि उनले सुरुवात गरेका थिए भने पछि आनीले गाएकी थिइन् ।
आनी छोइङ्गले गत बर्ष २०१६ मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन । उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो । संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाएकी थिइन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- साढे ३३ किलो सुनकाण्ड : पूर्व डिआइजी निरौला पक्राउ
- पुलिस माइभ्याली गोल्डकपको क्वाटरफाइनलमा
- हैदराबादलाई हराउदै चेन्नई आइपिएलको शीर्ष स्थानमा
- पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति
- सार्वजनिक यातायातबाट १२ बालकको उद्धार
- ध्रुवे फेरी मात्तियो : भत्कायो पाँच घर
- सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक
- डुङ्गा पल्टिएर चीनमा सत्रको मृत्यु
- छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली
- अशोक अर्यालको नयाँ गीत “यो जुनीलाई” सार्बजनिक (भिडियो)
- मेरिल्याण्डमा सामूहिक “ईही” पूजा समारोह सम्पन्न
- लेनिन दिवसमा प्रचण्डको घोषणा- पार्टी एकताका आधार तयार भैसक्यो
- क्यासिनोहरुबाट एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी
- झुमी झुमी गर्ल गायिकाको नयाँ गीत ‘ब्युटिफुल गर्ल’(भिडियो सहित)
- काबुलमा आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते
- विश्वका सवै भन्दा जेष्ठ जापानी नागरिक ताजिमाको निधन
- रानीपोखरीमा साढे दुई करोड व्यर्थ खर्च, भ्रष्टाचार हो कि हैन ? (भिडियो)
- सांसदको परिवारसहित आठ व्यक्तिको मृत्यु
- भाकपा मार्क्सवादीको महासचिवमा पुन यचुरी
- सार्वजनिक सवारीमा हड्ताल गरे रुट पर्मिट तत्काल खारेज
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


