आबेलाई ५० प्रतिशत समर्थन

13 September, 2017 17:48 | जापान | comments | 4350 Views


मंगलबार भएको सर्भेका अनुसार उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र तथा आणविक परिक्षणको बलमा प्रधानमन्त्री शिन्जो आबेको समर्थन ५० प्रतिशत कायम भएको छ ।

योमिउरी समाचार पत्रले सेप्टेम्बर ८ देखि १० सम्म गरेको सर्भेअनुसार आबेको प्रशासनले गत महिनाभन्दा ८ अंक बढाएर ५० प्रतिशत समर्थन पाउन सफल भएको हो ।

जुलाईको सर्भेक्षण अनुसार चार वर्षा लामो कार्यभारले आबेको घमण्ड बढेको मतदाताको सोचका कारण आबेको समर्थन घटेर ३० प्रतिशतसम्म पुगेको थियो ।

सोफिया विश्वविद्यालयका राजनीतिशास्त्रका  प्रोफेसर कोइची नाकानेका अनुसार आबेको चर्चा बढ्नुको कारण उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परिक्षणलाई आबेले आफुलाई एक सबल नेताको रुपमा उभ्याउन प्रयोग गर्नु रहेको अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री आबेद्वारा अमेरिकी र रुसी राष्ट्रपतिसंग फोनवार्ता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More