आमिरको ‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

22 January, 2018 19:05 | कला/मनोरन्जन , वलिउड | comments | 120000 Views

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’ले तहल्का मच्चाएको छ  । चीनमा प्रदर्शनको दोस्रो दिनमा यस फिल्मले सय करोड ग्रस कमाइ गरेको छ ।

adsads
रिलिजको पहिलो दिन नै यो फिल्मले  ‘दंगल’को रेकर्ड समेत तोडेको छ ।

चीनमा आमिरको यो फिल्मले दुई दिनमा नै यस फिल्मको भारतको लाइफटाइम कमाईलाई पछाडि छाडिदिएको छ ।उक्त फिल्मले भारतीय बक्स अफिसमा कुल ८३ करोडको व्यापार गरेको थियो ।

यो फिल्मले पहिलो दिन चीनको बक्स अफिसमा ६ ८.८ लाख डलर यस्तै, दोस्रो दिन १.०५ करोड डलर कमाउन सफल भयो । त्यस्तै तेस्रो दिनमा ९८.४ लाख डलर कमाइ गरेको छ । योसँगै फिल्मले तीन दिनमा कुल २.७२ करोड डलर अर्थात भारु १७४.१० करोडको कमाइ गरेको छ ।

सलमानको टाइगर जिन्दा हे ले ५ दिनमा १७२ करोडको कमाई गरेको थियो तर यस फिल्मले तीन दिनमै सो आँकडा पार गरेको छ ।अद्वैत चन्दनको निर्देशन रहेको ‘सिक्रेट सुपरस्टार’ मा आमिर खानसँगै जायरा वसीमको मुख्य भूमिका छ । आमिर खान र उनकी पत्नी किरण रावको निर्माण र रहेको फिल्म ‘सिक्रेट सुपरस्टार’को कथा अद्वैत चन्दनले लेखेका हुन् ।

प्रियंका छिट्टै आमिर खानको पत्नी बन्दै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सुपर मादी जलविद्युत् आयोजना

फेसबुक

सुपर मादी जलविद्युत् आयोजना

ट्वीटर

सामाजिक सञ्जाल

More