आयल निगमको भ्रष्टाचारमा मन्त्रीदेखि ठूला दलका नेताको संलग्नता : थापा

13 September, 2017 20:54 | राजनीति | comments | 9450 Views

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल आयल निगम जग्गा खरिदमा भएको भ्रष्टाचारमा निगमका महाप्रबन्ध मात्रै नभएर मन्त्रीदेखि ठूला दलका नेतासम्म संलग्न रहेको आरोप लगाउनुभएको छ ।

पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबैको संलग्नता भएकै कारण आयल निगमको भ्रष्टाचार दिनुहुँ संचार माध्यममा आउँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष थापाले सरकारलाई धमिराले खाइसकेको बताउँदै कुनैप नि बेला ढल्नसक्ने दावी गर्दै मन्त्रीहरु र सरकारमा रहेका दलहरु नै भ्रष्टाचारमा डुबेका कारण ठूला दलहरुको विश्वसनियाता घट्दै गएको टिप्पणी गर्नुभयो ।

थापाले निर्वाचन आयोग सत्तामा रहेका दलहरुको लाचार छायाँ बनेको आरोप लगाउँदै आयोग दिनँहु विज्ञप्ती मार्फत आचार सहित मिचियो भन्छ तर आचारसहिता मिच्नेमा सबैभन्दा पहिले मन्त्रीहरु छन् र निर्वाचन आयोगलाई कसैले नटेरेको समेत बताउनुभयो ।

पार्टी विभाजनका बारेमा बोल्दै अध्यक्ष थापाले देशी विदेशी तत्व लागेर पार्टी फुटाएको आरोप लगाउनुभयो ।

पूर्वराजासँग कमल थापाको सम्बन्ध चिसियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More