आयोगबाट निर्वाचन प्रचारप्रसारको स्थलगत अनुगमन

28 November, 2017 21:40 | स्थानीय तह निर्वाचन | comments | 52050 Views

निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवारबाट भइरहेको प्रचारप्रसार अवस्था बारे  स्थलगत अनुगमन गरेका छन् ।
आयुक्त शाहले भक्तपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगि त्यहाँको निर्वाचनको तयारी, निर्वाचन व्यवस्थापन र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

सो अवसरमा उनले निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गराउन, आचारसंहिता विपरीतका प्रसार सामग्री हटाउन लगाउन र हटाउन तथा मतदाताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गर्न निर्देशन दिए ।

अनुगमनका क्रममा निर्वाचन आयुक्त शाहको सहभागितामा भक्तपुरको दूधपाटी, दरबार स्क्वायर क्षेत्र, क्वाछेँ, तौमडी, सुुकुल ढोका लगायतका क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत अस्वाभाविकरुपले सडकमाथि वारपार टाँगिएका विभिन्न पार्टीका चुनाव चिह्न, उम्मेदवारको तस्बीर, झण्डा अङ्कित तोरणका रुपमा राखिएका प्रचारप्रसारका सामग्री हटाउँन लगाएका छन् ।

यो पनि पढ्नुहोस्

निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More